Logo

मनोरञ्जन

‘तिमी र म’ : सामान्य विषय, गहन सन्देश (भिडियोसहित)



काठमाडौं, ८ भदौ – प्रस्तुति सघन भइदिए अति सामान्य विषयले पनि गम्भीर सन्देश दिनसक्छ। निर्माता प्रधन्यदेवी योञ्जनले निर्माण गरेको सर्ट फिल्म ‘तिमी र म’ले पनि यस्तै एउटा गहकिलो सामाजिक सन्देश दिएको छ।

‘तिमी र म’ सामाजिक सञ्जालमा पनि विशेष त फेसबुकको दुरुपयोगबाट शुरु हुन्छ। फेसबुकको संवाद झण्डै ३ महिना अर्थात् ८८ दिनसम्म लम्बिन्छ।

युवाका अनेकन प्रश्नको जवाफ युवतीले दिने, र युवतीको अनेक जिज्ञाशाको सम्बोधन युवकले गर्ने। यसरी नै झण्डै तीन महिनाको मित्रता आत्मीयतामा परिणत हुन्छ।

म्यासेन्जरको कुराकानीसँगै भावनात्मक सम्बन्ध पनि बाँढ्न पुग्छन् दुई पात्र। भावनात्मक सम्बन्ध प्रगाढ भएपछि दुई जनाको भेट हुने तह हुन्छ।

त्यसपछि के हुन्छ त? कहानीमा छुट्टै ट्वीस्ट आउछ। त्यो के त? तलको लिंकमा गएर भिडियो पूरा गर्नुहोला।

‘तिमी र म’मा कलाकार सुमुख लोहनी, सेबिता अधिकारी र सिमान्त पुडासैनीले अभिनय गरेका छन्।

सरल प्रस्तुतिबाट यथार्थ सन्देश

काठमाडौं वा शहरी जीवनको अनेक आयाममध्ये एउटा महत्त्वपूर्ण आयामलाई सर्ट फिल्म ‘तिमी र म’मा प्रस्तुत गरिएको छ।

‘समाजका अदृष्य वास्तविकताको खोजी गर्ने क्रममा यो विषय उठान गर्न सही लाग्यो,’ निर्माता योञ्जनले भनिन्, ‘त्यसैले छोटो समयको प्रयासमा पनि राम्रो सन्देश दिन सकियोस् भनेर नै यो सर्ट फिल्म बनाएकी हुँ।’

कलाकार सेबिता अधिकारीले पछिल्लो पुस्ताको सामाजिक मनोविज्ञानलाई सर्ट फिल्ममा प्रस्तुत गरिएको बताएकी छिन्।

साथै लैंगिकताको सवालमा पछिल्लो सामाजिक दृष्टिकोणका सन्दर्भमा पनि ‘तिमी र म’मा विशिष्ट सन्देश दिने कोसिस गरिएको अधिकारीले बताएकी छिन्।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : ८ भाद्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल