Logo

समाचार

एकैदिन ८ सय १८ कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा १ सय ६६ लाई कोरोना पुष्टि



काठमाडौं, ७ भदौ – कोरोना प्रकोपका प्रभाव नेपालमा दिनप्रतिदिन बढ्दो छ। पछिल्लो २४ घण्टामा देशभर ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्ममा ३१ हजार ९ सय ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६६ जनामा कोरोना संक्रमण भएको जानकारी गौतमले दिएका छन्।

काठमाडौंमा १ सय २६, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जनालाई कोरोना संक्रमण भएको पत्रकार सम्मेलनमार्फत् गौतमले जानकारी दिएका छन्।

गौतमले कोरोना संक्रमणमुक्त भएका १८ हजार ६ सय ३१ जना डिस्चार्ज भइसकेका छन्। उनले ३ हजार ९ सय ४३ जनालाई घरमै आइसोलेसनमा राखिएको बताए।

प्रकाशित : ७ भाद्र २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल