Logo

विश्व

जब डुब्‍न लागेका दुई महिलाको उद्धार गर्न पोर्चुगलका राष्ट्रपति समुन्द्रमा हामफाले…



लिस्वन, ६ भदौ – पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले समुन्द्रमा डुबिरहेका दुई महिलाको उद्धार गरेका छन्।

स्थानीय काउन्सिलको एक कार्यक्रममा भाग लिन अल्गार्भ पुगेका मार्सेलोले अल्भोरको समुद्री किनारबाट महिलाहरुको उद्धार गरेका हुन्।

समुन्द्रमा कायकमा सयर गरिरहेका दुवै महिलालाई समुन्द्री छालले कायक पल्टाइदिएपछि उनीहरू समुन्द्री छालबाट उम्किन निकै संघर्ष गरिरहेका थिए।

कायक ढल्किएको देख्नेबित्तिकै सोही स्थानमा रहेका राष्ट्रपति मार्सेलोले आफै समुद्री छालमा हाम फालेर पौडिँदै दुवै महिलाको उद्दार गरेका हुन्।

एसआइसीले खिचेको भिडियोले राष्ट्रपतिलाई पौडी खेलेको देखियो जहाँ अर्को व्यक्तिले जेट स्कीमा लाइफगार्ड अघि महिलालाई सहयोग पुर्‍याउन खोजिरहेका थिए।

राष्ट्रपति मार्सेलोले भने, ‘ती महिलाहरू अर्को समुद्र तटबाट आएका थिए। उनीहरूले धेरै पानी निलेका थिए। भाग्यवश दुवै युवतीलाई सहयोग गर्न सफल भयौं।’

दुबईका राजकुमारले परेवाका लागि किन त्यागे मर्सिडिज कार?

https://www.youtube.com/watch?v=5P9E2vtkIPc

प्रकाशित : ६ भाद्र २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल