Logo

समाचार

तारकेश्वरमा आइसोलेसन: हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल प्रयोगमा ल्याउन सुझाव



काठमाडौं, ६ भदौ – तारकेश्वर नगरपालिकामा कोरोना भाइरस संक्रमित बिरामी बढ्न थालेपछि नगर कार्यपालिकाले सम्भावित संक्रमण फैलनबाट रोक्न आइसोलेसन बनाउने तयारी गरेको छ।

नगरपालिकाले आठमहेलमा रहेका होटलहरूलाई आइसोलेसन बनाउने तयारी गरेको हो। संक्रमितको संख्या बढेसँगै तिनलाई व्यवस्थापन गर्न तत्कालका लागि होटलहरूमा पनि कुरा भइरहेको मेयर रामेश्वर बोहराले जानकारी दिए।

आइसोलेसन बनाउन अघिल्लो साता नै तयारी गरे पनि नगरपालिकाले कार्यान्वयन गर्न सकेको थिएन। यसअघि नगरपालिकाले वडा नम्बर–१ साङ्लामा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवनलाई आइसोलेसन बनाउने बताएको थियो।

तर, तारकेश्वरका सामाजिक अभियन्ता, स्थानीयहरूको माग बेग्लै छ। उनीहरूले होटलको साटो तारकेश्वर नगरपालिका वडा नं ६ मा रहेको हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताललाई पुनः सञ्चालनमा ल्याएर आइसोलेसन बनाउन माग गरेका छन्।

तारकेश्वर घर भएका सामाजिक अभियन्ता हरि तिमिल्सिनाले तारकेश्वर नगरपालिकाका मेयर बोहरालाई वि.सं. २०७० सालमा सामुदायिक अस्पतालको रुपमा स्थापना भएको उक्त भवनलाई आइसोलेसन बनाउन सुझाव दिएका छन्।

कोरोना संक्रमितहरूलाई आइसोलेसन बनाउन होटलहरू खोज्दैगर्दा उक्त अस्पतालमा विषयमा सोच्न मेयर बोहरालाई सामाजिक अभियन्ता तिमिल्सिनाले आग्रह गरेका छन्।

‘अहिले यो अस्पतालमा वडा कार्यलय बसेको छ, वडा कार्यालयले आफ्नो बेग्लै भवन बनाउनु पर्छ, जनताको सामुहिक पहलमा बनेको अस्पतालमा वडा कार्यालय बस्नुहुन्न,’ उनले भने।

तिमिल्सिनाले हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालमाथि वडा कार्यालयले गरेको अतिक्रमणलाई हटाएर यसलाई पुनः सञ्चालनमा ल्याउन माग गरे।

‘कोरोना कहरमा नागरिकलाई स्वास्थ्यसेवा दिन जनस्तरबाटै बनेको भवनलाई प्रयोग गर्नुपर्छ, होटलभन्दा अस्पताल सञ्चालन गर्न सस्तो हुन्छ, कोरोना कहरका नाममा फजुल खर्च गर्नु हुँदैन,’ तिमिल्सिनाले भने।

क्यानडाको लोभलाग्दो जीवनशैली त्यागेर किन स्वदेश फर्किए प्रमाेद ढकाल?

प्रकाशित : ६ भाद्र २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल