Logo

समाचार

बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा एकको मृत्यु, चितवनमा २२ जनालाई संक्रमण



चितवन, ५ भदौ – चितवनका २२ सहित २६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी, बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालका अनुसार प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार बिहान मृत्यु भएको हो।

गौतमलाई भदौ १ गते अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचार भेन्टिलेटरको सहायतामा गराइदिँदै आएको थियो। उनी भारतबाट फर्किएपछि नगरपालिकाको क्वारेन्टिनमा बसेका थिए।

बुटवलस्थित कोरोना अस्पताल कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।

चितवनमा २२ जनालाई कोरोना संक्रमण

चितवनमा २२ जनासहित २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार परीक्षण गरिएको थियो।

जसमा चितवनका ११ पुरुष र ११ महिलामा कोरोना भाइरस संक्रमण देखिएको हो। भरतपुर महानगरपालिका–२, ७, १० र ११ का ८ पुरुष र ११ महिलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरी परीक्षण गरिएको थियो।

राप्ती नगरपालिका–२ र ८ का गरी थप ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ। नवलपुर, पर्वत, पर्सा र मकवानपुरमा पनि एक–एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित : ५ भाद्र २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल