Logo

बागमती प्रदेश

काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा, उल्लंघन गरे कारबाही, बिहानैदेखि प्रहरी परिचालन



काठमाडौं ४ भदौ – उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा बुधबार मध्यरातदेखि निषेधाज्ञा जारी भएको छ। निषेधाज्ञाको प्रभाव बिहानैदेखि परेको छ।

बजार पसल बन्द छन्। अत्यावश्यकबाहेक अन्य सवारीसाधन चलेका छैनन्। प्रहरीले मुख्य चोकहरू नयाँ बानेश्वर, अनामनगर, कलंकी, गौशाला, महाराजगञ्ज, कोटेश्वर, पुतलीसडक, दरबारमार्ग, बागबजार लगायतमा खुलेका पसल बन्द गराएको छ।

त्यसैगरी, ललितपुरका सानेपा, जावलाखेल, पुलचोकसहित मुख्य शहरहरूमा बजार पसल खोल्न र हिँडडुल गर्न प्रहरीले पूर्णतः रोक लगाएको छ। त्यसैगरी, भक्तपुरका सबैजसो बजारहरूमा प्रहरीले हिँडडुल गर्न रोक लगाएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले भदौ ३ गते बुधबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञा अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिद गर्नबाहेक अन्य कामका लागि बाहिर निस्किन निषेध गर्ने निर्णय भएको बताएका छन्।

सोही निर्णयअनुसार आजबाट अत्यावश्यक बाहेकका सबै गतिविधिमा रोक लगाइएको दाहालले बताए। मंगलबार बसेको बैठकले बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनु पर्ने निर्णय गरेको छ। निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही गर्ने प्रहरीले श्रोतले बताएको छ।

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी बिहान ९ बजेदेखि साढे १० बजेस्म्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आवतजावत गर्न सक्ने छन्।

तर, अत्यावश्यकीय सामग्री ढुवानीका गाडी, स्वास्थ्यकर्मीका गाडी र एम्बुलेन्स तथा सुरक्षा निकाय बाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाइएको छ।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

होटल, रेष्टुरेन्ट र फुटपाथका सम्पूर्ण पसल पनि बन्द रहेका छन्। बैंक तथा वित्तीय संस्था र अत्यावश्यकीय सेवाका निकायले न्यूनमत कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा दिनुपर्ने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बैठकले निष्कर्ष निकालेको छ।

यी हुन् जिल्ला प्रशासनका निर्णय:

प्रकाशित : ४ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल