Logo

समाचार

भक्तपुरकी कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु



काठमाडौं, ३ भदौ – ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत महिलाको मृत्यु भएको हो।

भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो। जनस्वास्थ्य कार्यालय ललितपुरले घटनाको पुष्टि गरेको छ।

यसअघि नवलपरासी मंगलबार बिहान पाटन अस्पतालमै उपचाररत नवलपरासी कांग्रेस उपसभापति सुवासचन्द्रको मृत्यु भएको थियो।

कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा रेफर गरिएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा सोमबार राति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको थियो।

बिहान ६ बजेतिर गिरीको मृत्यु भएको हो। कोरोना भाइरसको संक्रमणबाट मंगलबार ८ जनाको मृत्यु भएको थियो। मोरङ, काभ्रे, कास्की, तनहुँ, चितवन, नवलपरासी, बाँके, बर्दियामा १–१ जनाको मृत्यु भएको हो ।

मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा ९ माघ, २०७६ मा कोरोना संक्रमण भेटिएपछि एकैदिनमा पहिचान भएको यो सबैभन्दा धेरै संक्रमित हो।

यससँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ। उनीहरूमध्ये १७ हजार ५८० जना निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५६३ जना सक्रिय संकमित आइसोलेसनमा छन्। उनीहरुमध्ये ११८ जना आइसियूमा छन्। ६ जना भेल्टिलेटरमा रहेका छन्।

काठमाडौं उपत्यकामा मात्र २ सय ५ जना संक्रमित थपिएका छन्। काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित थपिएका छन्।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : ३ भाद्र २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल