Logo

समाचार

काठमाडौं, ललितपुर र भक्तपुरमा भोलि मध्यरातदेखि निषेधाज्ञा, यी हुन् प्रतिबन्धित १५ क्षेत्र



काठमाडौं २ भदौ – उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा बुधबार मध्यरातदेखि निषेधाज्ञा जारी हुने भएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को संयुक्त बैठकले भदौ ३ गते बुधबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञा अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिद गर्नबाहेक अन्य कामका लागि बाहिर निस्किन निषेध गर्ने निर्णय भएको बताएका छन्।

मंगलबार बसेको बैठकले बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनु पर्ने निर्णय गरेको छ। नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी बिहान ९ बजेदेखि साढे १० बजेस्म्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आवतजावत गर्न सक्ने छन्।

तर, अत्यावश्यकीय सामग्री ढुवानीका गाडी, स्वास्थ्यकर्मीका गाडी र एम्बुलेन्स तथा सुरक्षा निकाय बाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाइएको छ।

होटल, रेष्टुरेन्ट र फुटपाथका सम्पूर्ण पसल बन्द रहने छन्। बैंक तथा वित्तीय संस्था र अत्यावश्यकीय सेवाका निकायले न्यूनमत कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा दिनुपर्ने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बैठकले निष्कर्ष निकालेको छ।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : २ भाद्र २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल