Logo

समाचार

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुग्यो, एक सय ४ जनाको मृत्यु



काठमाडौं, ३२ साउन – नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ। पछिल्लो २४ घण्टामा ६ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरिका प्रयोगशालामा १२ हजार २ सय ४७ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो। जसमा ६ सय ४१ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको हो।

काठमाडौं उपत्यकामा १ सय ७२ जना संक्रमित थपिएका छन्। काठमाडौंमा १ सय २६ जना, ललितपुरमा ३८ जना र भक्तपुरमा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गौतमले बताए।

मोरङमा १ सय जना संक्रमित थपिएका छन्। बाराका ७८, पर्साका ७४, रुपन्देहीका ४८, धनुषाका ३७, चितवनका २७, रौतहटका १४, सप्तरी ११ र कास्कीमा ११ जना, बाँकेका १० जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

नवलपरासीमा ८ जना, महोत्तरीमा ८ जना, कञ्चनपुरमा ५ जना, तनहुँमा ५ जना, दाङका ४, कैलाली बर्दियामा ३, सिरहामा ३ जना तथा सुनसरी, कपिलवस्तु, सर्लाही, नवलपुर र रोल्पाका २–२ लाई कोरोना संक्रमण भएको छ।

झापा, इलाम, ताप्लेजुङ, नुवाकोट, लमजुङ, सिन्धुली, जुम्ला, रुकुम पश्चिम, मकवानपुर, बाग्लुङ र पर्वतमा एक–एक जनालाई कोरोना भाइरसको संक्रमण भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये १ सय ४ जनाको मृत्यु भएको छ। १७ हजार ३ सय ३५ जना निको भएको गौतमले जानकारी दिएका छन्।

प्रकाशित : ३२ श्रावण २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल