Logo

प्रदेश-२

पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग, गृहमन्त्रीको तस्वीर जलाउने दुई युवक पक्राउ



जनकपुरधाम, ३२ साउन – गृहमन्त्री रामबहादुर थापाको तस्वीर जलाएको अभियोगमा दुई युवकलाई प्रहरीले जनकपुरको भानुचोकबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजेश यादव र सुनिल साह रहेका छन्।

धनुषाका पत्रकार सन्तोष यादवलाई कुटपिट गर्ने दोषी प्रहरीमाथि कारबाही गर्न आलटाल गरेको दावी गर्दै जनकपुरको भानुचौकमै युवाहरूले प्रशासनविरुद्ध नाराबाजी गर्दै गृहमन्त्री थापाको तस्वीर जलाएका थिए।

सोही क्रममा युवाद्वय यादव र साहलाई प्रहरीले समातेर जिल्ला प्रहरी कार्यालय लगेको युवा रुपेश यादवले जानकारी दिएका छन्।

दुवै जनालाई अविलम्व रिहा गर्न युवाहरूले माग गरेका छन्। प्रहरीबाट गुण्डागर्दी गर्न लगाउने र शान्तिपुर्ण तरिकाले सामाजिक दुरी कायम गरेर आन्दोलन गर्दा प्रहरीले दमनमा उत्रेको उनीहरूको टिप्पणी छ।

जनकपुरस्थित नवजीवन अस्पतालको लापरबाहीले बिहीबार राति मृत्यु भएकी महिलाको शव शुक्रबार राति प्रहरीले बल प्रयोग गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लगेको थियो।

सोही बेलाको तस्वीर खिच्न लाग्दा पत्रकारहरू सन्तोष यादव र सिवेन्द्र रोहितालाई प्रहरीले घेरा हालेर निमर्मतापूर्वक कुटपिट गरेको थियो।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : ३२ श्रावण २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल