Logo

आर्थिक

वरिष्ठ पत्रकार बुढाथोकीको ‘अर्थतन्त्रमा कोरोना कहर’ पुस्तक सार्वजनिक



काठमाडौं, २९ साउन – वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीको पुस्तक ‘अर्थतन्त्रमा कोरोना कहर’ सार्वजनिक भएको छ। वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीको पुस्तक अनलाइनमार्फत सार्वजनिक भएको हो।

ई–संस्करणमा आएको ‘अर्थतन्त्रमा कोरोना कहर’ पुस्तक बुढाथोकीको तेस्रो पुस्तक हो। ‘आर्थिक उदारीकरणको २० वर्ष’ र ‘समकालीन नेपाली अर्थतन्त्र’ पुस्तक सार्वजनिक भइसकेका छन्।

पत्रकार बुढाथोकीले सरल नेपाली भाषामा सकेसम्म कम आर्थिक शब्दावली प्रयोग गरेर नेपालको अर्थसामाजिक क्षेत्रमा कोरोना भाइरस महामारीले पारेको प्रभावबारे अध्ययन सहायक सामग्रीका रूपमा पुस्तक तयार पारिएको जानकारी दिएका छन्।

२५ वर्षदेखि आर्थिक पत्रकारितामा सक्रिय बुढाथोकी न्युज कारोबार डटकम डिजिटल पत्रिका प्रधानसम्पादकको जिम्मेवारीमा कार्यरत छन्।

विश्व अर्थतन्त्र र स्वास्थ्य क्षेत्र तहसनहस पार्ने गरी फैलिएको कोभिड–१९ गत २०१९ को डिसेम्बर महिनामा चीनको वुहान शहर सुरु भएको हो। कोरोना भाइरसको प्रकोपले विश्वव्यापी अर्थतन्त्रमा निकै गहिरो प्रभाव पारेको सन्दर्भलाई पुस्तकमा उल्लेख गरिएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूका प्रतिवेदनका आधारमा तयार पारिएका सामग्रीहरूबाट नेपालका कोरोना भाइरसले पारेको असरको प्रारम्भिक मूल्यांकनका लागि एकीकृत रूपमा पुस्तकाकार रुप दिइएको छ।

अध्येतादेखि सर्वसाधारणका लागि सन्दर्भ सामग्रीका रुपमा काम गर्ने र भविष्यमा कोरोनाका आर्थिक असरबारे अध्ययनपत्रहरू तयार गर्न सहयोगी हुने लेखक बुढाथोकीले विश्वास लिएका छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, ओइसीडी, सीपीआर लगायतका विश्व आर्थिक संस्थाहरूले यसले पार्ने असरका विषयमा आफ्ना प्रक्षेपण वा अनुमानहरूमा समेत समय–समयमा परिवर्तन गर्दै लगेका छन्।

लेखक तथा पत्रकार बुढाथोकीको पुस्तक पढ्न याे लिंक Click गर्नुहाेस्।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : २९ श्रावण २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल