Logo

समाचार

कोरोनाबाट थप दुई जनाको मृत्यु, काठमाडौंका १ सय १० सहित ६ सय ३८ जना संक्रमित



काठमाडौं, २७ साउन – नेपालमा कोरोना संक्रमण निरन्तर बढ्दो क्रममा छ। कोरोना संक्रमणकै कारण २४ घण्टायता थप दुई जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट धनुषा र सिन्धुपाल्चोकका १–१ जनाको मृत्यु भएको हो।

प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत विदेह नगरपालिका–८ का ६० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ। क्षयरोग र निमोनियाका बिरामी रहेका उनको पछिल्लो १८ दिनदेपख आइसियूमा उपचार भइरहेको गौतमले बताए।

साउन २२ गते मृत्यु भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ का ८४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गौतमले बताए। उनको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो।

मंगलबार थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा ८३ जनाको मृत्यु भएको छ। १६ हजार ६ सय ६४ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा १ सय ७१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले बताएका छन्।

देशभरका प्रयोगशालामा १० हजार ४ सय ६२ नमुना परीक्षण गरिएको र काठमाडौं उपत्यकामा मात्रै १ सय ३४ जना कोरोना संक्रमित भेटिएको गौतमले बताए।

काठमाडौंका १ सय १०, ललिपतुरका १६ र भक्तपुुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्साका ७०, मोरङका ४२, सर्लाहीका ४१, बाराका ३९, रुपन्देही ३३, सुनसरीका ३३ जना, धनुषाका २४, रौतहटका २०, कपिलवस्तुका १८, प्युठानका १७, उदपयपुरका १६, सप्तरीका १३, सिरहाका १३, महोत्तरीका १२, धादिङका ११, झापाका १० र दाङका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कास्कीमा ५, र सुर्खेतमा ५ जनामा तथा काभ्रेमा ४, चितवन र नुवाकोटका ३–३ जना तथा पर्वत, सल्यान, दैलेख, बाग्लुङ, तनहुँ, नवलपरासी र ओखलढुंगाका २–२ मा संक्रमण देखिएको छ।

पाँचथर, इलाम, धनकुटा, खोटाङ, रामेछाप, स्याङ्जा, अछाम, अर्घाखाँची, दोलखा, रुकुम पश्चिम, सिन्धुपाल्चोक, बर्दिया, मकवानपुर, गोरखा, जाजरकोट, कालिकोट र दार्चुलाका १–१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल