Logo

साहित्य

डामेर छोडिएका साँढेहरू



एउटा सुन्दर लोभलाग्दो हरियो
अनि लाम्चो रमणीय चरण थियो
नदी तलाउमा हुने जलक्रिडा
रंगी–बिरंगी फूलहरूको संसार
पशुपंक्षीको भयरहीत वासस्थान
रैथाने अन्नपात र जातजातीहरू
अन्तहीन वर्णनात्मक उर्वर क्षेत्र
दन्त्य कथा जस्तो मिथक जस्तो ।

रमणीय र स्वस्थ पर्यावरणमा
हठात साँढेहरूको विगविगी बढेको छ
विभिन्न रङ र आकारका चिह्नहरूले
डामेर छोडिएका उदण्ड साँढेहरू
आपसमा, एकअर्कामा जुध्न थालेका छन्
चरणमा एकाधिकार कायम राख्ने विषय रे
अन्य जीवात्माहरूको विषय गौण छ रे
वर्चश्व आफ्नो मात्र हुनु पर्ने रे
अरुको उपस्थिति स्वीकार्य नहुने रे
अहम् र घमण्डले नाकका पोरा फूलाएर
चाकभरि गोवरले पोतेर, हिंसात्मक द्वन्द्व
चरणभरि नमज्जाले चलेको छ आज।।

यिनलाई, न चरण मासिदाको कुनै पीडाबोध नै छ
न बृद्ध, रोगी र बच्चाहरूको पीर नै छ
छ त आफ्नो सन्तान मात्र बढाउने र चरणमा किला ठोक्ने
अनि बाछीहरू लुटिँदा र मारिँदा पनि
बेहिसाव बहरहरूलाई प्रोत्साहन दिने
अशान्तिको घिनलाग्दो संस्कार मौलाएको छ
दुनियाँको अघि यी साँढेहरूको मनोदशा बौलाएको छ
विचरा पहुँच नहुनेहरू ट्वाल्ल परेर
साँढेहरूको नौटंगी तमासा हेर्न विवश छन्।

लाम्चो चरणको वरिपरि घेरा हालेर
हिंश्रक जनावरहरू तैनाथ भएकाछन्
चरणको रक्षा गर्नेलाई क्वाप्प निल्न
दाउ हेर्दै चाल मारेर घुमिरहेका छन्
ब्वाँसा–स्यालहरू साँढेहरूलाई उक्साउँदैछन्
चोटैचोट भए पनि साँढेहरू सिङ ठोकाइरहेछन्।

चरण सुरक्षित राख्न घर–घर जुटेका छन्
कतातिर साँढेहरू खेद्ने, बाटो खोज्दैछन्
बहरहरूको बन्ध्याकरण गरेर जोत्ने
र साँढेहरूलाई नेल ठोक्नेछन्
हिजोको स्वच्छता फेरि फर्काएर
भोलिलाई जिम्मा लगाउने छन्
अनि उदण्ड बनेका साँढेहरू आँखी झ्यालबाट
विरुप चरणको मुहार फेरिएको
र जीवात्माहरू चरणमा खेलेको ट्वा परेर हेर्नेछन् ।।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : २६ श्रावण २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल