Logo

खेलकुद

अमेरिकाको ‘फ्लोरिडा इन्टरनेशनल पुम्से च्याम्पियनशीप’मा नेपाली खेलाडीलाई स्वर्ण पदक



जीएनएन, लण्डन, २२ साउन – ‘२०२० फ्लोरिडा ओपन इन्टरनेशनल पुम्से च्याम्पियनशीप’मा नेपालका तेक्वान्दो खेलाडी राजु नगरकोटीले स्वर्ण पदक जितेका छन्।

साथै सञ्जीव नेपालीले ३१–४ उमेर समूहमा र सन्दीपा अमगाईले २१–३० उमेर समूहमा क्रमशः रजत र काश्य पदक जितेका छन्।

गत अगष्ट महिनाको १ र २ तारिखमा अमेरिकाको फ्लोरिडामा अनलाइन लाइभ स्ट्रीममा सम्पन्न उक्त प्रतियोगिता विश्वभरबाट विभिन्न उमेर समूहका खेलाडीबीच गराइएको थियो।

पुम्से च्याम्पियनसिपमा ‘नेपाल तेक्वान्दो एशोसिएशन’ को प्रतिनिधित्व गर्दै सहभागी राजुले ४१ देखि ५० वर्ष उमेर समूहमा ५.७६ अंकसहित जीत हासिल गरेका हुन्।

नगरकोटीले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय खेलहरूमा पदक हात पारिसकेका छन्। उनी पाँच डान ब्लाक बेल्ट हुन्।

अन्तर्राष्ट्रिय तेक्वान्दो मापदण्ड र रेफ्रीहरूले गरेको ग्रेडिङको आधारमा अनलाइन लाइभ स्ट्रिमिङमा खेलाडीहरूको प्रदर्शन मापन गरिएको थियो।

सोही प्रतिस्पर्धामा नेपाल तेक्वान्दो एशोसिएशन अन्तर्गतकै अन्य दुई खेलाडीहरू सञ्जीव नेपालीले ३१–४० उमेर समूहमा र सन्दीपा अमगाईले २१–३० उमेर समूहमा प्रतिस्पर्धा गर्दा क्रमशः रजत र काश्य पदक जितेका थिए।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : २२ श्रावण २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल