Logo

मनोरञ्जन

‘आएन खबर’मा जीवन र लक्ष्मीको प्रेम जीवनका अविस्मरणीय पलहरू (भिडियो)



काठमाडौं, २२ साउन – नेपाली रंगमञ्चका एक सफल जोडी हुन् जीवन भट्टराई र लक्ष्मी बर्देवा। पछिल्लो समय म्यूजिक भिडियोमा पनि जीवन र लक्ष्मीको सघन ‘रोमान्स’ले सांगीतिक जगतमा सुसन्देश दिइरहेको छ।

गायिका मेलिना राईको स्वर रहेको ‘आएन खबर’ गीतमा पनि लक्ष्मी र जीवनले अभिनय गरेका छन्। उनीहरूको अब्बल प्रस्तुतिलाई दर्शकले खुबै प्रशंसा गरेका छ।

लक्ष्मी र जीवनको संयुक्त निर्देशन रहेको म्यूजिक भिडियो रहेको म्युजिक भिडियोमा परदेशिएका श्रीमान् श्रीमतीको कथा प्रस्तुत गरिएको छ।

गाउँघरको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा घाँसदाउरा गर्दाका अविस्मरणीय पलहरू र मिठा सम्झनाहरूलाई शिलशिलाबद्ध देखाइएको छ।

चिन्तामणि शिवाकोटीको शब्द रचनामा तयार पारिएको गीतमा हरि लम्सालको संगीत रहेको छ। गीतारमा सञ्जीव बराइलीले साथ दिँदा बाँसुरी उमेश पण्डित, मादल खड्ग बुढा र सारंगी हेमन्त कान्छाले रेटेका छन्।

रेकडिस्ट राजाबाबु चौधरी र अजय कार्की तथा मिक्सिङ चन्द्र चौधरी रहेको गीत स्टुडियो एकस्टिकमा तयार पारिएको हो।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : २२ श्रावण २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल