Logo

मनोरञ्जन

‘ह्यान्डसम पोइ’ खोज्दै सेलिना, अञ्‍जलीले दिइन् यस्तो चुनौती



काठमाडौं, २१ साउन – हिन्दू नारीहरुले मनाउने महत्त्वपूर्ण पर्व तीज आउनै लागेको छ। तीज नजिकिएसँगै कलाकारहरूमा व्यस्तता बढ्दै गएको छ। तीजको गीत रेकर्डिङ, सुटिङ र मिक्सिङ सकेर भिडियो सार्वजनिक गर्न हतारो भएको छ।

पछिल्लो चर्चामा रहेकी गायिका सेलिना कुँवरलाई समेत अहिले तीजको रन्कोले राम्रैसँग छोएको छ। कुँवरको ‘यो तीजमा खोज्नु छ मलाई ह्यान्डसम पोइ’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ।

बेस म्युजिक नेपाल युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो। नायिका तथा मोडल अञ्जली अधिकारीको अभिनय गरेको उक्त भिडियोको हरेक पक्ष उत्कृष्ट बनाउने कोसिस निर्माण पक्षले गरेको छ।

गायन र शब्द रचना समेत उत्कृष्ट बनाउने प्रयास गरिएको निर्माण पक्षले उल्लेख गरेको छ। गीतको शब्द रचना अर्जुन पौडेल तथा संगीत सन्तोष राजको रहेको छ।

गीतका रचनाकार पौडेल गायक पनि हुन्, उनको केही समय पहिले बजारमा आएको ‘मेरा काला दारीु’ गीत अहिले चर्चामा छ।

भिडियोमा निर्देशन सन्तोष राजबाहकको रहेको छ। वरिष्ठ क्यामेराम्यान ज्ञानेन्द्र शर्मा छायाङ्कन गरेका छन्। साजसज्जामा अनिताले सघाएकी छिन्।

हिन्दू महिलाहरूले मनाउने तीज पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान गर्दै मनोरञ्जन गर्ने गरिन्छ।

‘महामारीको अथाह पीडामा रहेको नेपाली समाजमा केही पल उल्लास भर्ने हाम्रो प्रयास हो,’ गायिका कुँवरले भनिन्, ‘त्यसैले युवाहरूलाई रुची हुने ट्रयाकमा गीत र म्यूजिक भिडियो बनाएका हौं।’

कलाकार तथा मोडल अधिकारी र गायिका कुँवरलाई म्यूजिक भिडियोमा निकै आकर्षक ढंगले प्रस्तुत गरिएको छ। ‘हाम्रो चुनौती छ, आँट हुनेले आए हुन्छ,’ गायिका कुँवरले हाँस्दै भनिन्।

कसरी भयो नवजात शिशुमाथि यत्रो षड्यन्त्र ? को हुन् शिशुकी आमा ?

प्रकाशित : २१ श्रावण २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल