Logo

विश्व

पोर्चुगलमा २८० यात्रु बोकेको रेल दुर्घटनाः २ जनाको मृत्यु, ५० घाइते



गणेश पाण्डे, लिस्बन, १६ साउन – पोर्चुगलको राजधानी लिस्बनबाट ब्रागाका लागि छुटेको अल्फा ट्रेन कोइम्ब्रा नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० जना घाइते भएका छन्।

अल्फा ट्रेन कोइम्ब्रा नजिकै सौरेमा दुर्घटना भएको थियो। ट्रेनमा २ सय ८० जना यात्रुहरु सवार थिए। घाइतेहरूमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको छ।

लिस्बनबाट ब्रागाका लागि छुटेको अल्फा ट्रेन कोइम्ब्रानजिकै सौरेमा ट्रेनको लिक मर्मत गर्ने ड्रेसिनामा ठक्कर दिँदा सो दुर्घटना भएको हो।

दुर्घटनाका सिकिस्त घाइतेहरूलाई एयर एम्बुलेन्समार्फत् उपचारका लागि उद्धार गरिएको थियो। घटनास्थलमा ५९ वटा एम्बुलेन्स र १५० जना उद्धारकर्मी तैनाथ गरिएको थियो।

शुक्रबार दिउँसो करिब ३ बजेर ३० मिनेटतिर भएको सो दुर्घटना सौरे ट्रेन स्टेशनको करिब ३०० मिटर नजिकै उत्तरमा भएको हो। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले सो दुर्घटनामा दुःख व्यक्त गरेका छन्।

प्रकाशित : १६ श्रावण २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल