Logo

समाचार

स्पेनमा कोरोनाको दोस्रो लहर, ब्रिटेनले किन लगायो प्रतिबन्ध?



जीएनएन (बार्सिलोना), १२ साउन – स्पेनमा कोरोना भाइरस संक्रमितहरूको संख्या ह्ववात्तै बढ्न थालेपछि चिन्ता व्यक्त गरिएको छ।

जुलाई तेस्रो सातादेखि दैनिक एक हजारभन्दा बढी नयाँ संक्रमितहरू भेटिएपछि चिन्ता व्यक्त गरिएको हो।

स्पेनका १७ वटा क्षेत्रहरूमध्ये १० बढी क्षेत्रमा पुनः कोरोना भाइरस संक्रमण भेटिएको स्थानीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।

फ्रान्सले शुक्रबार क्याटालोनियामा यात्रा नगर्न सिफारिस गरेको छ। ‘हामी फ्रान्सेली नागरिकहरूलाई जोडतोडका साथ आग्रह गर्छौं कि त्यहाँको अवस्था सुधार नभएसम्म त्यस क्षेत्रमा नजानुहोस्,’ प्रधानमन्त्री जीन क्यास्टेक्सले शुक्रबार भने।

नर्वेले पनि स्पेनमा आएका यात्रीहरुलाई शनिबारदेखि १० दिनको क्वारेन्टाइन बस्नुपर्ने बताएको छ। स्पेनको विदेश मन्त्रालयले अहिले स्पेनका यात्रीहरूमाथि प्रतिबन्ध लगाउने देशहरूको सूची प्रकाशित गरेको छ।

स्पेनका रक्षामन्त्री मार्गारिता रोबल्सले देशभर आपतकालिन अवस्था घोषणा गर्ने कुनै योजना नरहेको बताएका छन्। एक निजी टेलिभिजनलाई शुक्रबार अन्तरवार्ता दिँदै क्षेत्रीय सरकारहरू आफैले संकटको व्यवस्थापन गर्नुपर्नेतर्फ संकेत गरेका छन्।

क्याटालोनिया सरकारका प्रमुख क्विम तोराले १० दिन भित्रमा अवस्था सामान्य नभएमा कडा कदम चाल्नुपर्ने बताएका छन्। ‘अवस्था अत्यन्त गम्भीर छ, प्रकोपमा भएको बृद्धि चिन्ताको विषय हो,’ सोमबार पत्रकार सम्मेलनमा क्षेत्रीय नेताले भने।

‘हामी १० महत्त्वपूर्ण दिनहरूको सामना गरिरहेका छौं, सबैको ऐक्यवद्धताका साथ हामी यो कठिन अवस्थालाई सुस्त पार्न सक्षम छौं कि छैन भनेर पत्ता लगाउने छौं। अवस्था बिग्रिदै गएमा कडा कदम चाल्नु पर्ने बाध्यता छ,’ उनले भने।

पत्रकार सम्मेलनमा टोराले व्यक्तिगत जिम्मेवारी देखाउन, सामाजिक सम्पर्क घटाउन र एकै परिवारका सदस्यहरूमा भेला सीमित पार्न अपील गरेका छन्।

ब्रिटेन सरकारले स्पेनबाट फर्केका यात्रुहरूले १४ दिनसम्म क्यान्टाइनमा बस्नुपर्ने आइबार निर्णय गरेपछि स्पेनमा हलचल मच्चिएको छ।

कोरोना भाइरस संक्रमण वृद्धिका कारण बेलायतले स्पेनलाई यात्रा सूचीबाट हटाउने निर्णय गरेको हो। यो लगत्तै ब्रिटन र आयरल्यान्डको सबैभन्दा ठूला टुर अपरेटर टीयूआईले बेलायतबाट मुख्य भूमिबाट स्पेनका सबै उडानहरू अगस्ट सम्मका लागि रद्ध गरेका छन्।

यसैबीच, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले स्पेनमाथि ब्रिटेनले लगाएको प्रतिबन्धप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री सान्चेसले स्पेनको अधिकांश भाग यूरोपियन औसत र बेलायतभन्दा पनि कम संक्रमण रहेको बताएका छन्।

‘हामी बेलायती अधिकारीहरूसँग छलफल गरिरहेका छौं। मापदण्डको आधारमा निर्णय लिन अनुरोध गरेका छौं, छिट्टै समाधान खोज्ने आशा गर्दछौं, स्पेन पर्यटनका लागि एक सुरक्षित गन्तव्य हो, म व्यक्तिगत जिम्मेवारीका लागि अपील गर्दछु, तपाईंले सामाजिक दूरी राख्नुहोस्, आफ्नो हात धुनुहोस् र मास्क लगाउनुहोस्,’ उनले भने।

याे पनि हेर्नुहाेस्: भारतीय सुरक्षाकर्मीविरुद्ध उत्रिए नेपाली

प्रकाशित : १२ श्रावण २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल