Logo

राजनीति

नवराज विकहरूका हत्यारालाई संरक्षण गर्न खोजिए जनताले विद्रोह गर्नेछन्ः अध्यक्ष यादव



काठमाडौं १० साउन – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विकृत पूँजीवाद बोकेर र हसिँया हथौडा टाँगेर मात्रै समाजवाद नआउने बताएका छन्।

रुकुम घटनाका दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन संघर्षरत संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजले आयोजना गरेको धर्ना र प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले समाज रुपान्तरणका लागि अब अझै सशक्त आन्दोलनको आवश्यकता औल्याएका हुन्।

हेर्नुहाेस् अध्यक्ष यादवकाे सम्‍बाेधन:

पूर्वउपप्रधानमन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपातर्फ इंकित गर्दै पूँजीवाद र वर्णव्यवस्थाको बोकेर समाजवादी व्यवस्था स्थापना नहुने बताएका हुन्।

रुकुम घटनामा हत्या भएका नवराज विकसहितका युवाहरूको न्यायको लडाइँमा सबैलाई जुट्न आह्वान गर्दै अध्यक्ष यादवले सरकारले अभियुक्तको संरक्षण गर्न खोजे जनताले विद्रोह चेतावनी दिएका छन्।

प्रकाशित : १० श्रावण २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल