Logo

मनोरञ्जन

‘कोरोना प्रकोपमा नेपाली चलचित्र’सम्बन्धी लेखनमा उत्कृष्ट चार पत्रकार पुरस्कृत



काठमाडौं, ४ साउन – कोरोना महामारीका सन्दर्भमा आयोजित एक प्रतिस्पर्धामा भाग लिएका चार जना पत्रकार पुरस्कृत भएका छन्। चलचित्र पत्रकार संघ नेपालले चार जना पत्रकारलाई पुरस्कृत गरेको हो।

प्रतिस्पर्धामा प्रथम भएका ध्रुव लम्साल, द्वितीय विष्णु शर्मा, तृतीय मनोज न्यौपाने र सान्त्वना रीना मोक्तान पुरस्कृत भएका हुन्।

चलचित्र पत्रकार संघले कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध, खोज र वस्तुगत तथ्यांकमा आधारित प्रतिवेदन, लेख रचना तथा धारणासम्बन्धी प्रतियोगिता आयोजना गरेको थियो।

संघको छनोट समितिले मापदण्डसहित मूल्यांकनका आधारमा ४ उत्कृष्ट लेख चयन गरेको हो। प्रतियोगिताका विजेतालाई संघकै कार्यालयमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो।

छनौट समितिमा रहेका पत्रकार विदुर गिरी, शान्तिप्रिय, दीपेन्द्र लामा, जीवनकुमार पराजुली र समीर बलामीलाई पनि संघले धन्यवादसहित प्रमाणपत्र प्रदान गरेको छ।

प्रथमलाई १५ हजार रुपैयाँ, द्वितीयलाई १० हजार रुपैयाँ र तृतीय र चौथो पुरस्कार विजेतालाई ५–५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो।

संघका अध्यक्ष दिनेश सिटौलाले सदस्यहरुका लागि भिडियो र फोटो पत्रकारितालाई प्रभावकारी हुनेगरी कार्यक्रमको आयोजना गर्ने योजना सुनाए। सिटौलाले नेपाली चलचित्र क्षेत्रका विभिन्न आयामहरूको खोजी गर्ने उल्लेख गरेका छन्।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल