Logo

मनोरञ्जन

‘महारानी’को सदावहार संगीत यात्रा



काठमाडौं, ५ साउन – जब उनी प्रस्तोताका रुपमा स्टेजमा पुग्छिन्, दर्शकहरू उल्लासमय माहोलमा झुम्न पुग्छन्।

उनको आवाजको जादुमय वर्षामा रुज्दै अनुपम सांगीतिक माहोलमा हजारौं दर्शकले शुभेच्छाका गुच्छा अर्पिसकेका छन्।

त्यसैले त उनले चुनौतीका पर्खालहरू नाघेर आफूलाई नेपाली सांगीतिक आकाशको उज्ज्वल नक्षत्रका रुपमा स्थापित गर्न सफल भएकी हुन्।

उनी हुन् नेपाली सुगम संगीतकी नवोदित ‘स्टार’ शितल शर्मा। उनी भन्छन्, ‘मैले समाजप्रतिको आफ्नो दायित्व पूरा गरेकी हुँ, त्यो प्रयास सदासर्वदा जारी रहन्छ।’

शितलको गायन मौलिक छ। उनको प्रस्तुतिको शैली पनि मौलिक छ। त्यसैले पूर्वको मेची किनारदेखि सुदूरपश्चिम प्रदेशसम्म उनका हजारौं ‘फ्यान’ छन्।

निरन्तरको मेहनत, संघर्ष र प्रयासबाटै संगीत कर्ममा सफलताको सिँढी चढ्न सफल भएको निष्कर्ष सुनाउँछिन् शितल।

‘कलाकारको सफलता समाजका ती दर्शकसँग जोडिएको हुन्छ, जसले हामीलाई माया गरेर हाम्रा सिर्जनाहरू सुनिदिनु हुन्छ, हेरिदिनु हुन्छ,’ शितलले भनिन्।

सञ्चार क्षेत्रमा सफल कर्मकथा लेखेकी शितल अहिले सांगीतिक क्षेत्रमा पनि त्यसैगरी अघि बढिरहेकी छिन्।

कोरोना प्रकोपका बावजुद अहिले निडरताका साथ गरिएका कर्महरू भविष्यका कयौं पुस्ताका लागि प्रेरणापथ बन्ने शितलको धारणा छ।

‘हामी कोरोना प्रकोपको भयावह संकटसँग संघर्ष गर्दै छौं, अहिले हामीले गरेको प्रयास आउँदो पुस्ताका लागि प्रेरणा बन्ने छ,’ उनले भनिन्।

‘महामारी सधैं रहँदैन, मौलिक परम्परा बँचाउनुपर्छ’

कस्तो हुन्छ आमाको काख पाइनँ मैले खेल्न
टुहुरोलाई नपरोस् है सौते आमा झेल्न

सानु हुञ्जेल को खाइ को खाइ हुर्केपछि हेला
रुदै–रुदै माइती छोड्नुपर्छ कति बेला।

शितल शर्माको तीजको गीतमा यसरी नै हाम्रो समाजको परिदृश्य कोरिएको छ। कोरोना प्रकोप र लकडाउनमा पनि तीजको रौजन भित्र्याउने उनको कोसिस साकार भएको छ।

महारानी, चौतारीपछि उनी यस पटक ‘शितलुः बाबाले सारेको बर’ शीर्षकको गीत लिएर तीज मनाउन आइपुगेकी छिन्।

‘कठिनाइका बावजुद हामीले गीत तयार गर्‍यौं, टिमका साथीहरूले सहयोग गर्नुभयो, महामारीमा अलिकति खुशी साट्ने प्रयास साकार भयो, ‘महामारी सधैं रहँदैन, मौलिक परम्परा बँचाउनुपर्छ’ शिलतले भनिन्।

उनले नेपाली मौलिक परम्परा तीज अहिलेको महामारीले बिथाले पनि आ–आफ्नो घरमै मनाउन सकिने धारणा व्यक्त गरेकी छिन्।

‘नेपालीको मनोबल दह्रो छ, हामीले धेरै कष्टप्रद समय बिताएर आएका छौं, त्यसैले ढिलोछिटो महामारी अन्त्य हुन्छ, नडराऔं, आफ्नो नियमित कामलाई पनि सुरक्षित रहँदै अघि बढौं,’ शितलले भनिन्।

गीतम गायिका शर्मासँगै प्रकाश पराजुलीले आवाज दिएका छन्। नवराज पन्तको शब्द रहेको गीतमा पराजुलीले नै संगीत दिएका हुन्। रविन लामिछाने, घमन थापा, सरु थापा र अमृता नेपालीको कोरस भोकल रहेको छ।

विनोद बाजुरालीको एजेन्ज रहेको गीतका रेकर्डिस्ट विमल छिमाल र मिक्सिङ खड्ग बाजुरालीले गरेका हुन्।

गीतको म्यूजिक भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन्। म्यूजिक भिडियोमा कलाकार निरु खड्का, गरिमा तिम्सिना, शिभन पोखरेल, खेम नेपाली, गोमा न्यौपाने, सीमा लामिछाने, आरोश भुसाल लगायतको अभिनय रहेको छ।

क्यानडाको जीवनशैली र सुबिधा सम्पन्न जागिर छोडेर किन आए नेपाल?

प्रकाशित : ४ श्रावण २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल