Logo

आर्थिक

प्रभु र सगुनबीच सम्झौता, बिल तिर्नेदेखि पैसा पठाउनेसम्‍मका सुविधा दिइने



काठमाडौं, २ साउन – नेपालको पहिलो सोसल मिडिया एप सगुनले प्रभु म्यानेजमेन्टसँग सहकार्य सुरु गरेको छ। कम्पनीका अनुसार सामाजिक सञ्‍जाललाई केवल मनोरञ्जनका लागि मात्रैभन्दा प्रयोगकर्तालाई ज्ञान र आम्दानी गर्नका साथै अनेकौं दैनिक कार्यहरूलाई सजिलो बनाइदिने सुविधा पनि उपलब्ध गराउन उक्त साझेदारी गरिएको हो।

अहिले प्रयोगकर्ताहरूले सगुनमार्फत् एनसेल, स्मार्टसेल, र नेपाल टेलिकमको रिचार्जकार्ड सित्तैमा प्रयोग सक्छन्। दुई कम्पनीका अनुसार आगामी दिनमा सगुनका प्रयोगकर्ताहरूले बिजुली, पानी, इन्टरनेट, टिभीको बिल तिर्न सक्ने तथा पैसा पठाउने–पाउने, बैंकमा बुझाउने जस्ता प्रभु म्यानेजमेन्टका सेवा तथा सुविधाहरूका लाभ पनि उठाउन सक्नेछन्।

सगुनका नेपाल निर्देशक आनन्द बज्राचार्यले प्रभु म्यानेजमेन्टमा बिजनेस डेभलपमेन्ट म्यानेजरको रुपमा २ वर्ष कार्यरत रहँदा प्रभु म्यानेजमेन्टले नेपालीहरूलाई वर्षौंदेखि दिइरहेको सेवासुविधा तथा ग्राहकहरूप्रतिको प्रतिवद्धताबारे राम्रोसँग परिचित रहेको बताएका छन्।

‘त्यसैले यो साझेदारी गर्न पाउँदा एकदमै खुशी छु, यस सहकार्यमार्फत् हाम्रो प्रयोगकर्ताहरूले अनेकौ सुविधाका साथै सामाजिक सञ्जाल प्रयोगमा नयाँपन र व्यापार–व्यवसायहरूले आफ्नो सेवा ठूलो संख्याका प्रयोगकर्ताबीचमा पुर्‍याउन सजिलो हुने कुरामा विश्‍वस्त छु,’ बज्राचार्यले भन्।

‘जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ प्रभु’ भन्ने मूल नाराका साथ निरन्तर सेवामा समर्पित प्रभु समूहले विभिन्न समयमा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै जनमुखी सेवा पुर्‍याउँदै आएको उनले बताए।

प्रभुले सगुनसँग सहकार्य गरी सोसल मिडिया क्षेत्रमा पनि नेपालीहरूलाई सेवा दिनेबारे प्रभु म्यानेजमेन्टकी कार्यकारी अध्यक्ष कुसुम लामाले सगुनसँग साझेदारी गर्न पाएकोमा खुशी लागेको बताइन्।

‘सगुन एक नेपाली डायस्पोराले स्थापना गरेको सोसल मिडिया एप भएकोमा हामीलाई गर्व छ, र हामी प्रभु समूहको रूपमा सगुनको बृद्धिका लागि पूर्ण समर्थन दिने छौं, यस ऐतिहासिक यात्राको लागि आनन्द र सगुन टीमलाई शुभकामना दिन चाहन्छु,’ लामाले भनिन्।

सगुनले अमेरिका, नेपाल र भारत ३ वटै देशमा दर्ता गरेर सञ्चालन गरिरहेको छ। हालसम्म ५७ लाख प्रयोगकर्ताले सगुन चलाएका छन्।

कम्पनीका अनुसार प्रभु म्यानेजमेन्टसँगको सहकार्यपछि सगुन नेपाल र भारतका प्रयोगकर्ताहरूले मात्र ४ करोड ई–स्मार्ट कोइन बराबरको सपिङ गरिसकेका छन्। जम्मा २ अर्ब सगुन ई–स्मार्ट कोइन वितरण भइसकेको छ।

प्रकाशित : २ श्रावण २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल