Logo

राजनीति

राजनीतिक आग्रह–पूर्वाग्रह त्यागेर कोभिड–१९ विरुद्धको लडाइँमा जुटौं: नवीन्द्रराज जोशी



सुशान्त आचार्य, काठमाडौं, २७ असार – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले विपतको घडीमा राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर चुनौतीको सामना गर्न सबैजना एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

सामुदायिक सेवामञ्च स्वयम्भूको १८औं वार्षिक साधरणसभा उद्घाटन गर्दै जोशीले कोभिड–१९ को रोकथाम नियन्त्रणमा भएको खर्चको र भ्रष्टाचारका विषयमानि प्रश्न उठेकाले विभिन्न क्षेत्रका नागरिक अगुवाहरूको संलग्नतामा लेखा परीक्षण गर्न समिति गठन गर्नमा जोड दिएका हुन्।

जोशीले प्रहरी र जनता मिलेर नै शान्ति स्थापना र विसङ्गति, विकृतिसँग लड्न र सुशासन कायम गर्न एक हुनु पर्नेमा जोड दिए।

अमिन पाण्डेको सभापतित्वमा सम्पन्न वार्षिक साधरणसभाले राजु खरेलको नेतृत्वमा समिति गठन भएको छ। कार्यक्रम सामाजिक दूरी कायम गर्दै सम्पन्न भएको थियो।

प्रकाशित : २८ असार २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल