Logo

विश्व

टर्कीबाट २३ जना नेपाली शनिबार स्वदेश फर्किए



दिनेश गौतम, टर्की, २७ असार – कोरोना भाइरसबाट प्रभावित प्रवासी नेपालीहरूलाई घर फिर्ती अन्तर्गत २३ जना नेपालीहरू स्वदेश फर्किएका छन्।

जुलाई ११ तारिखका दिन यहाँ रहेका केही सक्रिय नेपालीहरूको अगुवाईमा ५ जना महिला र १८ जना पुरुष यसमध्ये २ जना बिरामीहरुलाई लिएर टर्किस् विमानले उडान गरिएको हो।

६५७ डलर अर्थात् ८१ हजार रूपैयाँमा टिकेट किनेर नेपालीहरू स्वदेश फर्किएका हुन्। स्वदेश फर्किएकाहरूको कोरोना भाइरस पिसिआर परीक्षणको व्यवस्था डा. विनोद शाहले मिलाएका थिए।

टर्कीबाट नेपालीहरूलाई उद्धार गर्नका लागि टर्कीस नेपाली समाजका अध्यक्ष उज्जवलकुमार घिसिङ, वामन भोटे लगायतका समाजसेवीहरू निरन्तर लागेका थिए।

टर्कीमा लगभग ७ हजार नेपालीहरू बसोबास गर्छन्, जसमध्ये ५० प्रतिशत गैरकानुनी रुपमा बसोबास गर्छन्। बाँकी नेपालीहरू लिगल भए पनि लकडाउनले गर्दा काम नपाएर भौतारिएको नाम नबताउने शर्तमा एक नेपालीले जानकारी दिए।

टर्कीमा अहिलेसम्म वैधानिक रुपमा कुनै पनि नेपाली समुदायका सामाजिक सघंसस्था छैनन्। कुनै पनि नेपालीलाई केही समस्या परे केही सुनुवाई हुँदैन।

कन्सुलेट नामको मात्रै छ, बाँकी यहा रहेका नेपालीहरू प्रायः धेरै समास्यामा रहेको राम कार्की (नाम परिवर्तन) ले जानकारी दिए।

उनका अनुसार आफुहरू पटक–पटक नेपाल सरकारको सबै निकायमा यो देशमा रहेको समास्याका बारेमा अवगत गराएपनि कुनै सुनुवाई गरेको छैन।

कार्कीका अनुसार यहाँ रहेका नेपालीहरूलाई खान बस्न धेरै समस्या रहेको बताउँदै नेपाल सरकारले कि त वैधानिक रुपमै कन्सुलेट वा अन्य कुनै सरकारी निकाय टर्कीमा पठाउनु पर्ने कि त यहाँ आउने नेपालीहरुलाई बन्द गर्नु पर्ने माग गरेका छन्।

प्रकाशित : २७ असार २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल