Logo

आर्थिक

नेपालसहित १२० राष्ट्रमा सगुन, यसरी हुँदैछ विश्वभर विस्तार, शेयर लगानी गरे उच्चतम् प्रतिफल



जीएनएन, लण्डन, २१ असार – नेपाली उद्यमी तथा लगानीकर्ताहरूले शुरु गरेको कम्पनी सगुनले आफ्नो कम्पनीमा गरिएको लगानीले उच्च प्रतिफल दिने कुरामा कुनै शंका नगर्न र कुनै भ्रममा पनि नपर्न आग्रह गरेको छ।

हालसम्म विश्वका १ सय २० भन्दा बढी राष्ट्रहरुबाट ७० लाखभन्दा बढी प्रयोगकर्ताहरु सगुनको प्लेटफार्ममा जोडिएका छन्। जसमध्ये धेरै प्रयोगकर्ताहरु नेपाल, भारत र अमेरिकामा छन्।

विश्वभरबाट ४ हजारभन्दा बढी सर्वसाधारण व्यक्तिहरूले ६० लाख अमेरिकी डलरभन्दा बढी रकम सगुनमा लगानी गरिसकेका छन्। सुगनका लगानीकर्ताहरु अमेरिका, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया र भारतका रहेका छन्।

नेपालीहरुको सक्रियतामा अमेरिकाको डेलावयर राज्यमा कानूनीरुपमा दर्ता भएर विश्वभर सामाजिक सञ्जालको रुपमा फैलिएको सगुनलाई अमेरिकाको धितोपत्र तथा विनिमय आयोगबाट शेयरसम्बन्धी कारोबार गर्न अनुमति प्राप्त छ। र, सोही आयोगको नियमभित्र रही सोही निकायले नियमन गर्दै आइरहेको पनि सगुनले विज्ञप्तिमा उल्लेख गरेको छ।

‘ग्लोबल ब्राण्ड स्थापना गर्ने प्रवासी नेपालीहरुमध्ये सगुन पहिलो सुरुवातकर्ता हो, सगुनले नयाँ गोरेटो कोर्दै नेपाली नयाँ पुस्ताहरूलाई प्रेरणा दिन चाहन्छ, हाम्रो सफलताले नवीनतम सोच र काममार्फत विश्वसँग प्रतिस्पर्धा गर्न नेपाली नयाँ पुस्तालाई आत्मविश्वास जगाउन सक्छ भन्ने हाम्रो विश्वास रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

‘अन्तरक्रिया गर्ने साझा मञ्च’

‘सगुनको विश्वव्यापी लक्ष्य भनेको सामाजिक मिडियाको प्रयोग गर्ने तरिका परिवर्तन गर्नु हो। हामी मानिसलाई यस सञ्जालमा फरक तरिकाले अन्तरक्रिया गर्ने साझा मञ्च (प्लेटफर्म) उपलब्ध गराउन चाहन्छौं। यस अवसरका बारेमा भारतका दार्जीलिङ, असम, मणिपुर, भुटान, बर्मालगायत विश्वभरि छरिएर रहेका नेपालीभाषीलाई समेत हाम्रो सञ्जालमा जोड्न चाहन्छौं,’ कम्पनीले भनेको छ।

विश्वभरका प्रयोगकर्ताहरूलाई आइफोन, एन्ड्रोइड फोन तथा डेस्कटपहरूमा सगुन प्रयोग गर्ने सुविधासहित सेवा उपलब्ध छ।

इन्डिया प्राइभेट लिमिटेडको रुपमा दर्ता भइ भारतीय रिजर्व बैंकद्वारा असीमित रेमिट्यान्स कारोवार गर्ने सगुनले भारतमा सन् २०१५ मा अनुमति प्राप्त गरेको छ।

त्यसैगरी, नेपाल सरकारले तोके बमोजिमका सबै दर्ता तथा कानुनी प्रकृया पूरा गरी सगुन नेपाल प्राइभेट लिमिटेड सन् २०१७ मा दर्ता गरिएको छ।

साथै नेपाल राष्ट्र बैँकबाट तीन करोड रुपैयाँमा आवश्यकता अनुसार बढाउन सकिने गरी कारोबार गर्न स्वीकृत प्राप्त कम्पनी भएको छ।

‘सन् २०१५ सम्म अमेरिकी कम्पनीहरूमा समेत सर्वसाधारणलाई सेयर किनबेच गर्न अनुमति थिएन, नयाँ परिवर्तित कानुनी व्यवस्थाअनुसार अब एसइसीले योग्य ठहर्याएका कुनै पनि कम्पनीहरुले आफ्नो सेयर (इक्विटी) सर्वसाधारणलाई बिक्री गरी वार्षिक पाँच करोड अमेरिकी डलरसम्मको पूँजी जम्मा गर्न सक्ने छन्,’ विज्ञप्तिमा भनिएको छ।

सगुन अमेरिकी कानुनअनुरुप अन्य ख्यातिप्राप्त कम्पनी जस्तै अमेरिकाको धितोपत्रसम्बन्धी आयोगबाट योग्य कम्पनीको रुपमा छनौट भएको कम्पनी हो।

सगुनले अमेरिकी सरकारको मापदण्ड पूरा गरेको आधारमा सर्वसाधारणबाट पूँजी संकलन गर्ने आधिकारिक रुपमा अनुमति प्राप्त गरेको हो। पूँजी निर्माणमा सहभागी हुन पाउने यो विशेष अवसर विश्वभरि रहेका ती सबै नेपालीहरुमा पु¥याउन चाहन्छौं, जुन इतिहासमा कहिल्यै प्राप्त हुन सकेको थिएन,’ कम्पनीले भनेको छ।

‘हामी सबैलाई थाहा भएकै कुरा हो कि नेपालमा १ करोड ५० लाखभन्दा बढी व्यक्तिहरू विभिन्न सामाजिक सञ्जालहरु प्रयोग गर्छन्, नेपालका यति धेरै प्रयोगकर्ताहरूले प्रयोग गर्ने सामाजिक सञ्जालहरूमा राखिएको विज्ञापनबाट अन्तर्राष्ट्रिय सामाजिक सञ्जालहरूले वार्षिक करिव २२ अर्ब रुपैयाँ नेपालबाट कमाउँछन्, त्यो रकम नेपालमा नै रहोस् भन्ने चाहना र कोसिस सगुनको रहेको छ, रहिरहने छ,’ सगुनले उल्लेख गरेको छ।

सगुनको भनाइ जस्ताको तस्तैः

१. सगुनको नाम र ब्राण्ड सुरक्षित गर्न मात्र सगुनको डोमेन नाम सन् २००६ मा दर्ता गरिएको थियो। पछि सगुन कम्पनीका रुपमा अमेरिकाको डेलावयर राज्यमा दर्ता गरिएको थियो। तर, हालको सगुनको प्रारम्भिकरुपमा सन् २०१४ देखि मात्र काम सुरु भएको हो। यसको पहिलो वेभसाइट सन् २०१५ अक्टुवरमा नेपालमा सुरु गरिएको थियो। त्यसैले बजारमा सगुन चार वर्षको मात्र भएको छ।

२. ‘स्टार्ट–अप’ भन्ने शब्दसँग कोही अलमलिनु जरुरी छैन। ‘स्टार्ट–अप’ शब्दको धरातलीय अर्थ भर्खर सुरु गरिएको भन्ने भएपनि यसको वास्तविक अर्थ (यस क्षेत्रमा) हालसालै स्थापना गरिएको भन्ने अर्थमा मात्र सीमित हुँदैन। लामो समयदेखि विश्वबजारमा विश्वविख्यात कम्पनीहरूले समेत ‘स्टार्ट–अप’ लेख्ने प्रचलन रहेकोछ। ‘स्टार्ट–अप कम्पनी’ले नयाँ आइडिया बजार ल्याउने तथा नयाँ प्रविधिको खोजी गर्छन्।

बजारमा हेर्ने हो भने पनि ठूलै मात्रामा सर्वसाधारणले प्रयोग गरिरहेका प्रोडक्टहरूका उत्पादक कम्पनीहरूलाई समेत ‘स्टार्ट–अप कम्पनी’ नै भनिएको पाइन्छ।

३. नेपालको लगानीसम्बन्धी कानुनका कारण सगुनले नेपालीबाट कुनै लगानीको अपेक्षा राख्दैन र नेपालको धितोपत्र बजारमा सगुनलाई दर्ता गर्नु पर्ने आवश्यक छैन। सगुनले अमेरिकी सेक्युरिटिज कानुनअनुसार अनलाइनबाट लगानी जुटाइरहेको छ जसमा इच्छुक लगानीकर्ताहरुले अनलाइनमार्फत् लगानी फर्म भर्नु सक्छन्। डेविट वा क्रेडिट कार्ड, चेक तथा वायर ट्रान्सफर गरेर लगानीको रकम पठाउनु पर्छ जुन नेपालबाट सम्भव पनि छैन।

४. सगुनले धितोपत्र तथा विनिमय आयोगमा पेश गरेको आर्थिक प्रतिवेदनलाई गलत ढंगले अपव्याख्या गर्दै आमसर्वसाधारण र लगानीकर्तालाई समेतको विश्वासमा भ्रमित गर्ने गरी आएका समाचारप्रति दुःख व्यक्त गर्दछौं। सामान्यतया, लेखापरिक्षणको भाषामा, कम्पनीले आफ्नो इक्विटी बिक्री गरी संकलन गरेको कोषलाई घाटाको रुपमा लेखांकन गरिन्छ, तर वास्तवमा यो घाटा होइन्। यसरी संकलन गरिएको पूँजीलाई कम्पनीले आफ्ना एप्लिकेशनहरु विकास गर्न र प्रयोगकर्ताहरु बढाउन उपयोग गर्छ। जसले वास्तविक अर्थमा कम्पनीको बौद्धिक सम्पत्ति बढाउँछ। यसैको आधारमा कम्पनीको मूल्याकंन (भ्यालुएशन) मा बृद्धि हुन्छ। सगुन रेगुलेसन ए प्लसअन्तर्गतका अन्य कम्पनीहरुको आह्वान पत्र र वित्तीय प्रतिवेदनहरू हेर्ने हो भने सगुनमा प्रयोग गरिएको भाषा नै प्रयोग भएको देख्न सकिन्छ। सगुनको आर्थिक प्रतिवेदनका कुराहरुको अध्ययन गर्न सम्बन्धित पक्षहरुलाई अनुरोध गर्न चाहन्छौं।

५. स्थिर वा विकासको चरणमा रहेका कुनै पनि कम्पनीहरूमा गरिएको लगानी जहिले पनि जोखिमपूर्ण नै हुन्छ भने सगुनजस्ता प्रारम्भिक चरणका कुनै पनि कम्पनीहरुमा गरिने लगानी सधैं चुनौतीपूर्ण रहेको हुन्छ। तर, यस्ता प्रारम्भिक चरणका कम्पनीहरू सफल भएमा यिनीहरुमा गरिएको लगानीले उच्च प्रतिफल दिने सम्भावना पनि त्यतिकै उच्च हुन्छ। त्यसैले सगुनमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूलाई लगानीको निर्णय लिनुअघि जोखिमका कारकहरुको जाँच र अध्ययन गर्नु हुन अनुरोध गर्दछौं।

नवीनतम् सोच र विश्वासका साथ विश्व बजारमा प्रतिस्पर्धा गर्ने हिम्मतका साथ नेपालीमूलका प्रवासीको पहलमा स्थापना भएको पहिलो कम्पनी सगुनलाई सफल बनाउन विश्वभरिका नेपाली समुदायबाट सकारात्मक र सिर्जनशील सुझाव र सल्लाहको अपेक्षा गर्दछौं।

क्यानडाको लोभलाग्दो जीवनशैली र जागिर छोडेर किन आए नेपाल?

प्रकाशित : २१ असार २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल