Logo

प्रदेश-२

तराई मधेश राष्ट्रिय परिषदको संयोजकमा अधिवक्ता विकासकुमार ठाकुर



काठमाडाैं, २० असार – तराई मधेश राष्ट्रिय परिषद (टीएमएनसी) सभाको संयोजकमा अधिवक्ता विकासकुमार ठाकुर चयन भएका छन्।

टीएमएनसीको कार्यालय महादेवस्थानमा बसेको बैठकले सभासदस्य अधिवक्ता ठाकुरलाई संयोजकमा चयन गरेको हो।

साथै सचिव एवम् प्रवक्तामा प्रमोद कुशवाहा तथा प्रचार विभागमा गुरुशरण सिंह (आभाष गुरू) ले जिम्मेवारी पाएको छ।

टीएमएनसीको संगठनात्मक संरचना तीनवटा भ्रातृ संगठनमा क्रियाशील बनाउने र जिम्मेवारी बाँडफाँड गर्ने हिसावले तय भएको छ।

हाल पोलिटिकल विंग क्रियाशील बनाउनका लागि संयोजकको भूमिकामा रहेका सीएन थारूलाई पोलिटिकल विंगमा जिम्मेवारी दिनेगरी सर्वसम्मत निर्णय गरिएको छ।

तराई मधेश राष्ट्रिय परिषदको प्रथम राष्ट्रिय भेला २०७६ चैत्र २८ र २९ गते सम्पन्न गरेर आफ्नो वैचारिक धार किटान गर्ने लक्ष्यसहित तयारीमा जुटेको हो।

कोरोना प्रकोपको कारण देशमा लकडाउनको स्थितिबीच बसेको बैठकले संगठनलाई प्रभावकारी बनाउने निष्कर्षमा पुगेको छ।

रमेश खरेलको खुलासाः को–को लुके कल्भर्टभित्र? चट्याङ पर्दा भाग्ने को थिए?

प्रकाशित : २० असार २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल