Logo

समाचार

कुश्माका पहिरो पीडितलाई लायन्स क्लबद्वारा ३ लाख ६८ हजारको राहत प्रदान



पर्वत, १५ असार – कुश्मा नगरपालिका–३ दुर्लुङका पहिरो पीडितहरूलाई लायन्स क्लबले राहत प्रदान गरेको छ। जेठ ३१ गते रातिको भएको भीषण वर्षा र पहिरोको कारण पर्वतको
खुला आकाशमा बस्न बाध्य भएका कुश्मा–३ दुर्लुङका बासिन्दालाई राहत प्रदान गरिएको हो।

९ जनाको मृत्यु ज्यान भएको उक्त घटनाका पीडितहरूलाई लायन्स क्लबमा आबद्ध सामाजिक अभियन्ताले राहत वितरण गरेका हुन्। लायन्स क्लब अफ पर्वत गुप्तेश्वरकी अध्यक्ष तथा जोन चियरपर्सन मुना शर्मा लामिछानेका अनुसार नगद र आवश्यक सामग्री वितरण गरिएको हो।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ की गभर्नर इन्दु लम्सालको आह्वानमा ३ लाख ६८ हजार ५ सय ५ रूपैयाँ बराबरको राहत सामग्री प्रदान गरिएको हो।

‘तीन जना मृतक परिवारलाई १ लाख ५० हजार रूपैयाँ अधिक क्षति भएका १ परिवारलाई २० हजार रूपैयाँ र २२ परिवारलाई २२ बन्डल जस्तापाता तथा ढुवानी र यातायात खर्चसहित प्रदान गरेका छौ‌ं,’ लामिछानेले भनिन्।

यो पनि हेर्नुहोस्ः कसरी शहर पस्यो सलह?

https://www.youtube.com/watch?v=9_nQzf-Ppm8

राहत वितरण कार्यक्रममा वडाअध्यक्ष तेजप्रसाद शर्मा, लायन्स डिष्ट्रिक्ट चिफ एडभाइजरहरू चन्द्रकुमार केसी र वसन्तकुमार कर्माचार्य, ऋषि गिरी, चन्द्रप्रकाश अधिकारी, वसन्त सिग्देल, शिव गौतम तथा बागलुङ तथा पर्वतका डिष्ट्रिक्ट पदाधिकारी तथा क्लब अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको लामिछानेले बताएकी छिन्।

पार्वती खड्का अधिकारी, रत्न भण्डारी, शिव सुवेदी, पुरुषोत्तम आचार्य, अशोक गुरुङ , गोविन्द शर्मा सुवेदी, निर्मल प्रधान, इन्द्रमान खत्री, वडासदस्य यमनाथ शर्मा लगायतको पनि राहत वितरण कार्यक्रममा सहभागी थिए।

प्रकाशित : १५ असार २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल