Logo

राजनीति

शान्तिपूर्ण आन्दोलनमा प्रहरी धरपकड निन्दनीयः नेपाली कांग्रेस



काठमाडौं १०, असार – नेपाली कांग्रेसले संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजको आयोजनामा भएको महिनौं दिनको आन्दोलनका क्रममा भएको धरपकडको घटनाको निन्दा गरेको छ।

कांग्रेसले रुकुम पश्चिमको सोतीमा नवराज विकलगायत ६ जनाको हत्याको विरुद्धमा नेपाल दलित संघ लगायत विभिन्न १४ राजनीतिक दल निकट भ्रातृ संस्थाहरूले गरेको प्रदर्शनमा भएको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपको विरोध गरेको हो।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र एक घण्टे शान्तिपूर्ण धर्नामा बस्ने क्रममा प्रदर्शनकारीहरूलाई सुरक्षाकर्मीले लाठीचार्ज गर्नुका साथै धरपकड गरेको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

सुरक्षाकर्मीले नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय जीवन परियार र लक्ष्मी परियार, राजकुमार हिङमाङ, टेकबहादुर विश्वकर्मा, रणबहादुर रम्तेल, शर्मिला वागचन्द, सुनिता मरिक, राम नेपाली, नानीमैयाँ पुर्कुटी, शोभा विश्वकर्मा, संघर्ष दाहाल, हिक्मत महरा, लक्ष्मी थापा, धर्म विडुवाल र दुर्गा विश्वकर्मालाई गिरफ्तार गरेको जानकारी पौडेलले दिएका छन्।

सुरक्षाकर्मीको लाठी प्रहारबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी परियार गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। उक्त घटनामा अन्य धेरै व्यक्तिहरु घाइते भएका छन्।

शान्तिपूर्ण रुपमा ज्ञापन पत्र बुझाउन र धर्ना बस्न पाउने नागरिकको अधिकार माथि ठाडो हस्तक्षेप गर्दै वर्तमान सरकारले संविधानको भावना र मर्म विपरीतका क्रियाकलाप गर्न थालेको कांग्रेसको आरोप छ।

‘यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ, गिरफ्तार गरिएका सबैको तत्काल रिहाइ गर्न र घाइतेहरुको उचित उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित : ११ असार २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल