Logo

गण्डकी प्रदेश

स्वयंसेविका र स्वास्थ्यकर्मीलाई मास्क, पिपिई र पञ्जा, कास्कीमा राहत वितरण तीव्र (फोटोफिचर)



कास्की, २८ जेठ – नेपाली कांग्रेसकी कास्की जिल्ला कोषाध्यक्ष एवं युवा नेतृ लक्ष्मी पाण्डेले कोरोना भाइरसको प्रकोपमा फ्रन्टलाइनमा खटिएका विभिन्न क्षेत्रका अगुवालाई स्वास्थ्य सामग्री प्रदान गरिरहेकी छिन्।

युवा नेतृ पाण्डेले राहत, स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई मास्क, पञ्जा तथा व्यक्तिगत सुरक्षा सामग्री वितरण गरेकी हुन्। उनले व्यक्तिगत रूपमा सम्पूर्ण राहत सामग्री प्रदान गरेकी हुन्।

याे पनि हेर्नुहाेस्: यी हुन् बालुवाटार प्रदर्शनकी नायक

महिला समूह, हस्पिटल, पत्रकार तथा वडामा काम गर्ने विभिन्न क्षेत्रका कर्मचारीलाई वितरण गरिएको पाण्डेले बताइन्। ‘कोरोना महामारीमा जोखिम हुनसक्ने भएकाले फ्रन्टलाइनमा काम गर्नेहरूका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेकी हुँ,’ उनले भनिन्।

प्रकाशित : २८ जेष्ठ २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल