Logo

राजनीति

नेपालको राष्ट्रिय झण्डा किन धोयो स्वतन्त्र राष्ट्रिय अभियानले?



काठमाडौं, २४ जेठ – स्वतन्त्र राष्ट्रिय अभियान नेपालले काठमाडौंमा नयाँ शैलीका विरोध प्रदर्शन गरेको छ। राष्ट्रियता र स्वाभिमानको उद्घोषसहित अभियानले राष्ट्रिय झण्डा धोएको हो।

‘अराष्ट्रिय तत्व’ले राष्ट्रिय झण्डा हल्लाउँदै एम. सि. सी. पारित गराउन लागेकले राष्ट्रिय झण्डा धोएर प्रदर्शन गरिएको अभियानले जानकारी दिएको हो।

झण्डा धुनुअघि स्वतन्त्र राष्ट्रिय अभियानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इमेल गरेको थियो। अभियानले सबै सांसदहरूलाई सबै जिल्लाबाट मतदाताले नै फोन गरेर एम. सि. सी. पारित गरे जिल्ला फर्किंदा सामाजिक बहिष्कार र कारबाही गर्ने चेतावनी दिने कार्यक्रम पनि जारी राखेको छ।

राष्ट्रिय झण्डा बिटुलो बनाएको दावी गर्दै शुद्धीकरणका लागि राष्ट्रिय झण्डा धोएर सांकेतिक विरोध प्रदर्शन गरिएको अभियान स‌ंयोजक स्वागत नेपालले जानकारी दिएका हुन्।

स्वतन्त्र राष्ट्रिय अभियानको आयोजनामा माइतीघर मण्डलामा भेला भइ विभिन्न उपस्थित प्रदर्शनकारीले झण्डा धोएर झण्डालाई सलाम गरेका थिए।

त्यसैगरी, अभियानले ७७ वटै जिल्ला समिति, नगर र गाउँ समिति तथा अभियानका २२ वटा देशमा रहेका विदेश शाखा समितिमा समेत नेपालको राष्ट्रिय झण्डा धोएर नेपालमा नेपाली जनताभन्दा विदेशीको स्वार्थ अनुसार काम हुने गरेको भन्दै सांकेतिक विरोध गरिएको जानकारी दिएको छ।

कार्यक्रममा अभियानका संयोजक तथा अधिवक्ता स्वागत नेपालले सन् २००० पेरूमा महिलाहरूले मात्र आफ्नो देशको सरकारले विदेशीको इच्छा अनुसार राष्ट्रघाती सम्झौता गरेको विरोधमा राष्ट्रिय झण्डा धोएर शुरू गरेको विरोधपछि भएको आन्दोलनले अल्बर्टो फुजिमोरीको सरकार ढलेर देश छोडेर भाग्न बाध्य बनाएको उल्लेख गरे।

संयोजक नेपालले पवनपुत्र हनुमानले आफ्नो झण्डा विरोधीहरूले अपवित्र बनाइदिएपछि जडीबुटी र जलले धोइ पवित्र बनाएर मात्र प्रयोग गरेको बताउँदै यो आन्दोलनले धेरै ठूलो अर्थ बोकेको पनि बताए।

कार्यक्रममा स्वतन्त्र राष्ट्रिय साहित्यकला अभियानका विभागीय अध्यक्ष साहित्यकार तथा अधिवक्ता कृष्ण प्रसाई, अर्थ विभाग प्रमुख बोधनाथ न्यौपाने, विद्यार्थी अभियानका इञ्चार्ज केके थापा, केन्द्रीय सदस्य फत्ते परियार समेतले बोलेका थिए।

हेर्नुहाेस् विशेष अन्तरवार्ता: राष्ट्रियताका लागि कांग्रेसका सांसद रगतले सहीछाप गर्न तयार

प्रकाशित : २४ जेष्ठ २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल