Logo

कर्णाली प्रदेश

मानवअधिकार संगठनको टोली रुकुममा, नवराजसहित ६ को हत्याबारे स्थलगत अनुसन्धान गर्दै



रुकुम, २३ जेठ – नवराज विक लगायत ६ जनाको ज्यान गएको कहालीलाग्दो घटनाको स्थलगत अनुगमन र अनुसन्धानका लागि नेपाल मानवअधिकार संगठनको एक टोली रुकुम पश्चिम चौरजहारी र जाजरकोटमा पुगेको छ।

नेपाल मानवअधिकार संगठनका अध्यक्ष महामुनिश्वर आचार्यका नेतृत्वमा संगठनको टोली रुकुम पुगेको हो। उक्त टोलीले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायतलाई भेटेर सोधपुछ र निष्पक्ष छानवीनको माग गरेको छ।

पीडित परिवार र स्थानीयबासीलाई भेटेर संगठनले छिट्टै स्थलगत अनुगमनको प्रतिवेदन तयार गर्ने कुरा अध्यक्ष आचार्यले बताएका छन्।

मानवअधिकारको गम्भीर उलङ्घन भएको यस घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रयास स्वरुप संगठनले आफै अनुसन्धान सुरुवात गरेको आचार्यले बताए।

हेर्नुहाेस् विशेष अन्तरवार्ता: राष्ट्रियताका लागि कांग्रेसका सांसद रगतले सहीछाप गर्न तयार

प्रकाशित : २३ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल