Logo

आर्थिक

किन बीमा समितिले ‘कोरोना बीमा’ स्थगित गर्न दियो निर्देशन?



काठमाडौं, २२ जेठ – बीमा समितिले कोरोना बीमा स्थगन गर्न निर्देशन दिएको छ। बीमा समितिले सबै बीमा कम्पनीहरूलाई पत्राचार गरेर कोरोना बीमा स्थगन गर्न निर्देशन दिएको हो।

बीमा समितिको निर्देशनअनुसार शुक्रबारबाट कोरोना बीमा औपचारिक रुपमा रोकिएको छ। बीमक संघको पत्रको आधारमा कोरोना बीमा स्थगित गर्न निर्देशन दिइएको पत्रमा बताइएको छ।

बीमा समितिका अध्यक्षको सचिवालयलाई बोधार्थ दिएर कार्यकारी निर्देशक राजुरमण पौडेलले बिहीबार सबै कम्पनीलाई कोरोना बीमा बन्द गर्न आन्तरिक निर्देशन दिएका हुन्।

नेपालमा कोरोना संक्रमणलाई दृष्टिगत गरी ३ लाख सेवाग्राहीले कोरोना बीमा गरिसकेका छन्। बीमा गरिसकेका बिमितको दायित्व बहन गर्ने गरी थप बीमा नगर्न समितिको निर्देशन छ।

बीमा समितिको पत्रमा सरकारले बीमा गर्ने बजेट वक्तव्यमा व्यवस्था गरेको उल्लेख गरिएको छ। साथै कम्पनीहरूले दायित्व धान्न सक्ने अवस्था नरहेकाले कोरोना बीमा केही समयको लागि स्थगित गरिएको प्रष्ट पारेको छ।

हेर्नुहाेस् विशेष अन्तरवार्ता: राष्ट्रियताका लागि कांग्रेसका सांसद रगतले सहीछाप गर्न तयार

प्रकाशित : २२ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल