Logo

प्रदेश-२

मानवअधिकारकर्मी प्रकाशमणि राउतलाई भारतको प्रतिष्ठित संस्थाको सम्मान



काठमाडौं, २० वैशाख – मानवअधिकारकर्मी प्रकाशमणि राउतलाई भारतको प्रतिष्ठित संस्थाले सम्मान गरेको छ। राउतलाई नेशनल ह्युमन राइट्स अर्वाडबाट सम्मानित गरिएको हो।

एक दशकदेखि मानवअधिकार क्षेत्रमा लागि निरन्तर रूपमा काम गर्ने सप्तरी महादेवाका राउतलाई नेशनल ह्युमन राइट संस्थाले ‘सामाजिक सिपाही अवार्ड’बाट सम्मानित गरेको हो।

सामाजिक तथा मानव अधिकार क्षेत्रमा कार्यरत राउत नेपाल पिछडा वर्ग महासंघका केन्द्रीय विद्यार्थी अध्यक्ष हुन्।

विश्व कोरोना महामारीले विभिन्न देश लगायत भारत र नेपाल समेत लकडाउन भोगिरहेको अवस्थामा राउतलाई सामाजिक सञ्जालबाट प्रमाणपत्रसहित सम्मान गरिएको हो।

मानवअधिकारकर्मी राउतले भारतका नेशनल ह्युमन राइट्स संस्थाबाट सम्मानित हुँदा उत्साह बढेको बताए। राउतले नेपाल र भारतका मानवअधिकारकर्मीबीच अझ सशक्त सहकार्य आवश्यक रहेको बताएका छन्।

हेर्नुहाेस् विशेष अन्तरवार्ता: राष्ट्रियताका लागि कांग्रेसका सांसद रगतले सहीछाप गर्न तयार

प्रकाशित : २० जेष्ठ २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल