Logo

राजनीति

कर्मचारीको भत्ता काट्दा राष्ट्रपति, प्रधानमन्त्रीको किन काटिएन? : डा. डिला संग्रौला



काठमाडौं – नेपाली काँग्रेसकी नेतृ तथा सांसद डा. डिला संग्रौलाले सरकारलाई प्रश्न गर्दै संकटको अवस्थामा कर्मचारीहरुको भत्ता कटाइरहँदा राष्ट्रपति, प्रधानमन्त्री लगायतका राष्ट्रका प्रमुखरुले पाउने तलब भत्ता नकाटेकोमा आपत्ति व्यक्त गरकी छन् ।

संसदमा पेश गरिएको विनियोजन विधेयकमाथि सोमबार छलफल गर्दै सांसद डा. संग्रौलाले यस्तो प्रश्‍न गरेकी हुन् ।

उनले भनिन्,‘कर्मचारीको भत्ता कटौती गर्ने भनिएको छ । प्रधानमन्त्री, राष्ट्रपतिसहित यो मुलुकको प्रमुख व्यक्तिहरुको भत्ता कटौती गर्न पर्छकी पर्दैन ? प्रतिपक्ष दलले सांसद विकास पूर्वाधार कोष कोरोना कोषमा ल्याऊभन्दा अर्थमन्त्रीले आँखा चिम्लिनु भएको छ।’

बजेट महिला मैत्री नभएको भन्दै अहिले क्वारेन्टाइनमा महिला बलत्कृत भएको, सुकेरी हुन अस्पताल गएकी महिलालाई कोरोना नभएको सर्टिफिकेट मागिएको बताइन्।

उनले अर्थमन्त्रीलाई आफू पनि पिएचडी डक्टर भएको बताउँदै अहिलेको बजेट स्वीकार्न नसक्ने बताइन् । उनले भनिन्, ‘अर्थमन्त्री पनि पिएचडी, म पनि पिएचडी त्यो आँखाबाट हेर्दा विचार गरियोस् भन्‍ने विनियोजन विधेयक कसरी विचार गर्न सकिन्छ अर्थमन्त्रीज्यू?’

सांसद संग्रौलाले खाडीबाट फर्किन खोजेका नेपालीका बारेमा सरकारले केही नसोचेको आरोप लगाउदै उचित व्यवस्था गर्न ध्यानाकर्षण गराएकी थिइन्।

राष्ट्रियताका लागि कांग्रेसका सांसद रगतले सहीछाप गर्न तयार

प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल