Logo

समाचार

लकडाउन जेठ ३२ गतेसम्म लम्बियाे, सेना परिचालन गर्ने सरकारकाे निर्णय



मन्त्रिपरिषद बैठक

काठमाडौं, १७ जेठ – सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई दृष्टिगत गरी लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ। यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्ने निष्कर्ष सरकारकाे छ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको मोडालिटीबारे कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिएको हाे।

मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकअघि सुरक्षा परिषद बैठक बसेको थियो।

बैठकमा सीमा सुरक्षाबारे छलफल भएको थियो। र, सीमाक्षेत्रमा कडाई गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई अझ बढी परिचालन गर्ने निर्णय भएको पनि भएकाे छ।

सुरक्षा परिषद बैठक

मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ता युवराज खतिवडाले कोरोनाको जोखिम कम नभएको बताउँदै जुन क्षेत्रमा जोखिम देखिन्छ त्यहाँ कडाई गर्ने र जहाँ जोमिख कम हुन्छ त्यहाँ केही खुकुलो हुनसक्ने बताएका हुन्।

हवाई उडान र अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन असार १६ अर्थात् जुन ३० सम्म बन्द गर्ने निर्णय गरेको छ। दुई देशको सहमतिमा आउजाउ गर्दा पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चेकजाँच गरिने खतिवडाले बताएका हुन्।

याे पनि हेनुहोस्ः पूर्व डिआइजी रमेश खरेलको सनसरीपूर्ण खुलासा

प्रकाशित : १७ जेष्ठ २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल