Logo

समाज

‘नवराज विकको हत्या मानव इतिहासकै कलंकित घटना, क्षतिपूर्ति र कानूनी कारबाही होस्’



काठमाडौं, १६ जेठ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूले जाजरकोटको भेरी नगरपालिकाका नवराज विकसहितको हत्या प्रकरणलाई मानव जातिको इतिहासमै कलंकित घटना भएको ठहर गरेको छ।

अनेरास्ववियूले मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिन तथा हत्यामा संलग्नलाई कानूनी कारबाहीको माग गरेको छ।

अनेरास्ववियूका संयोजक ऐन महरले २०७७ जेठ १० गते रुकुमको चौरहारी नगरपालिका–८ स्थानीय भइ जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढा, लोकेन्द्र सुनार, टीकाराम सुनार र सञ्जु विकको मृत्यु भइ गोविन्द शाही बेपत्ता हुनु दुःखद र रहश्यमय बनाएको बताएका छन्।

‘यसर्थ यस घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारद्वारा उच्चस्तरीय छानवीन समिति समेत गठन भइसकेको अवस्थामा सामाजिक अपराधसहितको जघन्य अपराधको यस घटनामा दोषी देखिएकाहरूलाई हदैसम्मको सजाम दिइ पीडितलाई न्याय दिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं,’ महरले जारी गरको विज्ञप्तिमा भनिएको छ।

याे पनि हेनुहोस्ः पूर्व डिआइजी रमेश खरेलको सनसरीपूर्ण खुलासा

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल