Logo

राजनीति

घरेलु राजनीतिमा हजारौं विमति भएपनि राष्ट्रियताको सवालमा हामी सरकारसँगै छौं: प्रदीप पौडेल



काठमाडौं, ९ जेठ – प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले घरेलु राजनीतिमा हजारौं विमति भएपनि राष्ट्रियताको सवालमा आफू र आफ्नो पार्टी सधै सरकार र प्रधानमन्त्रीको साथमा रहेको बताएका छन्।

कांग्रेसका केन्द्रीय सदस्य पौडेलले सामाजिक सञ्जाल ट्वीटमार्फत आफ्नो प्रतिक्रिया दिँदै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकारले डटेर अडान लिनु पर्ने पनि बताएका हुन्। उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सधैं सरकारको साथमा रहेको उल्लेख गरे।

‘घरेलु राजनीतिमा सरकार र प्रधानमन्त्रीसँग हजारौं विमति होलान्, तर राष्ट्रिय स्वाधीनताको रक्षाको मामलामा हामी सरकारसँगै छौं। सरकारले डटेर अडान लिनैपर्छ, हामी साथमा छौं। केही भारतीय मिडियाको सनसनीपूर्ण शैली खेदजनक छ। मिडियाले पत्रकारिता सिक्नै बाँकी रहेको दृश्य टिठलाग्दो हुनेरहेछ,’ पौडेलले लेखका छन्।

केही भारतीय मिडियाले नेपालले सार्वजनिक गरेको नयाँ नक्साको विषयलाई लिएर सनसनीपूर्ण शैली देखाएको टिप्पणी गरेका पौडेलले त्यसप्रति खेद प्रकट गरेका छन्। साथै उनले भारतीय मिडियाले पत्रकारिता सिक्नै बाँकी रहेको दृश्य टिठ लाग्दो रहेको पनि उल्लेख गरेका छन्।

हेनुहोस्ः पूर्व डिआइजी रमेश खरेलको सनसरीपूर्ण खुलासा

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल