Logo

विचार

मोदीजी, हामीले दौत्य सम्बन्ध तोडेका छैनौं, आउनुस् वार्ता गरौं!



भारतका वरिष्ठ पत्रकार पी साइनाथ भन्छन्, ‘भारतीय मिडिया सेकेण्ड–सेकेण्डमा महिलाहरू बलात्कृत भएको समाचार देख्दैनन्, लेख्दैनन्। ठूलो संख्यामा दैनिक किसानहरू आत्महत्या गरेको समाचारलाई महत्त्व दिँदैनन्। तन्नम् गरिबीले सद्गत गर्न पनि नपाउने समाजको चित्र लेख्दैनन्। छुवाछुत र विभेदबारे सत्य बाहिर ल्याउन पहल गर्दैन। भोकमरी र दहेजले निम्त्याएको आत्महत्या समाचार बन्दैन। तर, हप्तौंसम्म यस्तो कार्यक्रम बनाउँछ कि, ‘ऐश्वर्य राय गर्भवती भएकी छन्, उनले छोरा जन्माउलिन् कि छोरी? बच्चन परिवारले बच्चाको नाम के राख्दै छ? के ऐश्वर्या बच्चा जन्माउन खुशी थिइन्?

वर्षौंदेखि भारत–पाकिस्तान, भारत–चीन, भारत–नेपालबीचको सम्बन्धमा एकोहोरो विष बमन गर्ने मिडिया पछिल्लो दशक ‘मोदी फासिजम’को एकोहोरो मुखपत्र मानिने भारतमा कर्पोरेट मिडिया ‘पेड मिडिया’मा रुपान्तरण भएको भन्दै आलोचना भइरहेको छ।

पछिल्लो ६ महिनादेखि भारतीय मिडिया नेपालविरुद्ध एकोहोरो विष वमन गरिरहेको कुरा हामीले नजिकबाट नियालिरहेका छौं। भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभाग उसको राजनीतिक नक्सामा राखेदेखि नै नेपाली राजनीतिक दल, नागरिक समाज, प्रवुद्ध वर्ग र मिडिया एक ठाउँमा देखिए पनि भारतीय मिडियाको विष वमन निरन्तर थियो।

तर, पछिल्लो पटक नेपाल सरकारले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गर्ने घोषणा सार्वजनिक भएलगत्तै भारतीय मिडियाहरू अचाक्ली रुपमा मिथ्यांक, भ्रम, प्रपोगाण्डाका साथ नेपालविरुद्ध एकोहोरो प्रस्तुत हुनुलाई हामीले अत्यन्त संवेदनशीलताका साथ हेर्नुपर्छ। केही अपवाद मिडिया बाहेक त्यहाँबाट सन्तुलित समाचार आउनेवाला छैन।

बरू उनीहरूको एकोहोरो विष बमनबाट हामीले के बुझौं भने अब भारतसँगको कूटनीतिक वार्ता, संवाद र दावी विरोधमा निकै संवेदनशील रुपले प्रस्तुत हुन सबै खाले संयन्त्रको निर्माण, पूर्ण तयारीका साथ प्रस्तुत हुनैपर्छ। अर्थात् तार्किक निष्कर्षमा पुग्न अर्थात् हाम्रो अतिक्रमित भूभागबाट उनीहरूलाई बिदा गर्न अति धेरै नै सुझबुझ र मेहनतको अत्यावश्यक छ।

म फेरि भन्छु संयमता!
अझ संयमता!! संवेदनशीलता!
झन् संवेदनशीलता अत्यावश्यक। तयारी–तयारी, पूर्ण तयारी अत्यावश्यक छ।

मदिराको मातमा होस गुमाएर आफ्नै घरमा आगो लगाए जस्तो नयाँ नक्साको नसामा कूटनीतिक, रणनीतिक र राजनीतिक संयमता नगुमाऔ। अझ संवेदनशील र रणनीतिक कूटनीतिक हिसावले मजवुर सम्बन्धलाई मजवुत सम्बन्धमा रुपान्तरण गर्न अत्यन्त संयमता, विशिष्ट तयारी अत्यावश्यक छ। चाहे सरकार होस्, सदन, सडक होस् वा मिडिया आफ्नो मूल धर्म नछोडौं।

भारतीय मिडियाको तमासा हेर्दै गरौंला। आफ्नो अब्बल तयारी पहिलो प्राथमिकता हुनैपर्छ, यो अत्यन्त जरुरी छ। कारण, यो तुरुन्त र सजिलै सल्टिने विषय नै होइन। र, भारत नेपालको सम्बन्ध सीमा विवाद मात्रै होइन।

यो सत्य हो कि, हामीले दौत्य सम्बन्ध तोडेका छैनौं, प्रिय छिमेकी तपाईको ‘दैत्य सम्बन्ध’ मन पराइएको छैन। हामी मिलेर समाधान गर्न तयार छौं। आउनुस्, वार्ताको तयारी गरौं।

हेनुहोस्ः पूर्व डिआइजी रमेश खरेलको सनसरीपूर्ण खुलासा

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल