Logo

राजनीति

‘कोरोनाले क्षतिग्रस्त अर्थतन्त्र उकास्‍न कांग्रेसकै सरकारको प्रतिक्षा गर्नुको विकल्प रहेन’



काठमाडौँ, ४ वैशाख – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं डा. डिला पन्त संग्रौलाले विश्वव्यापी महामारीका बेला सरकारले ल्याएको बजेटले नागरिकका आंकाक्षा सम्बोधन गर्न नसकेको बताएकी छिन्।

नेतृ संग्रौलाले नेकपा सरकारले ल्याएको बजेटको कुनै–कुनै सन्दर्भले विषय उठान गर्न खोजे पनि त्यो समयसापेक्ष र महामारीको सम्पूर्ण समस्या समाधान गर्ने हिसाबले नआएको बताएकी छिन्।

विश्व नै महामारीको संकटमा जुधिरहेका बेला सरकारले सबै शक्ति लगाएर अध्ययन र अनुसन्धान गरी आवश्यक योजना तर्जुमा गर्नुपर्नेमा उनको जोड छ।

‘बजेटमा सबै कुरा आए, तर मुख्य कुरा नै आएनन्, सबै कुरा आउनु र मुख्य कुरामै गोलमटोम हुनु अलग कुरा हो, त्यसैले यो बजेट नभइ सामान्य कागजी योजना मात्रै बन्न पुग्यो,’ उनले भनिन्।

सरकारको नीति तथा कार्यक्रमको फेरि अध्ययन गरेर रिभिजन नगरे मुलुकले महामारीको यो संकट झेल्न नसक्ने नेतृ संग्रौलाको तर्क छ।

विज्ञहरूको टिम राखेर बजेट पुनरावलोकन गर्न प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिँदै नेतृ संग्रौलाले बजेटले कोरोना प्रकोपलाई गम्भीर ढंगले सम्बोधन गर्नुपर्ने बताएकी छिन्।

हेनुहोस्ः पूर्व डिआइजी रमेश खरेलको सनसरीपूर्ण खुलासा

अर्थतन्त्र उठाउन कांग्रेसको सरकार: सांसद संग्राैला

कांग्रेस नेतृ संग्रौलाले नेकपा सरकार सबै कार्यमा असफल भइसकेको बताएकी छिन्। उनले अबको निर्वाचनपछि कांग्रेसको सरकार बन्ने र नयाँ ढंगले देश अघि बढ्ने बताइन्।

‘महामारीको संकटसँग सरकार जुध्न नसक्नुले अब कांग्रेसको सरकार निर्माण हुनुपर्छ भन्ने संकेत गरिसक्यो,’ संग्रौलाले भनिन्, ‘अर्को निर्वाचनको तयारीमा कांग्रेस लाग्नुपर्ने प्रष्ट भइसक्यो, याे सरकारले नसक्ने पुष्टि भइसक्याे।’

पाँच वर्षको जनादेश पाएको नेकपा सरकार विस्थापन गर्न निर्वाचनसँगै विकास र समृद्धिमा पनि कांग्रेस पार्टी तयार हुनुपर्नेमा संग्रौलाको जोड छ।

‘नेकपा सरकारले आफूले पाएको अवसर सदुपयोग गरे राम्रै हुन्छ, तर वर्तमान सरकारका सबै गतिविधिले पनि कोरोना प्रकोपमा थलिएको अर्थतन्त्र उकास्न कांग्रेसकै सरकार प्रतिक्षा गर्नुपर्ने प्रष्ट भएको छ,’ उनले भनिन्।

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल