Logo

राजनीति

मदन–आश्रित हत्या प्रकरणको छानवीन होस्ः अनेरास्ववियू संयोजक महर



काठमाडौँ, ३ जेठ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अनेरास्ववियूका संयोजक ऐन महरले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्या प्रकरण छानवीनको माग गरेका छन्।

दासढुङ्गा प्रकरणको २७औँ स्मृति दिवसमा संयोजक महरले नेपाल सरकार र सत्तारुढ दल नेकपालाई मदन–आश्रित हत्या प्रकरणको छानवीन गर्न ध्यानाकर्षण गराएका हुन्।

‘त्यो रहस्यमयी दुर्घटना अर्थात् मदन–आश्रित हत्याराको अविलम्ब छानवीन गरी दोषी पत्ता लगाइ हत्यारालाई हदैसम्मको कारबाही गरी न्यायप्रेमी जनतालाई राहत दिन र कानुनी राज्यको प्रत्याभूति दिलाउन नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ महरले भने।

संयोजक महरले दुवै नेताप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन्। जननेता मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद जबजलाई सधैभरि आत्मसात् गरिरहने र त्यसको सिर्जनात्मक प्रयोगमा अनवरत लागिरहने प्रण पनि उनले गरेका छन्।

जननेता भण्डारीले सोभियत संघको विघटन पश्चात् विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेका बेला मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपाली माटो सुहाउँदो मौलिक तथा वैज्ञानिक सिद्धान्त जनताको बहुदलीय जनवादको प्रतिपादन गरेको संयोजक महरले बताएका छन्।

जबज प्रतिपादन गरी नेपालको कम्युनिस्ट आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलनलाई नै सञ्जिवनी बुटी प्रदान गर्न सफल तत्कालीन महासचिव जननेता मदन भण्डारीलाई महान विचारकमा रूपमा उनले सम्झिएका छन्।

तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितले जनताको बहुदलीय जनवादको आलोकमा विशाल संगठन निर्माण गर्दै कम्युनिस्टहरुको एउटा विश्वासिलो भरपर्दो पार्टी निर्माण गर्न अतुलनीय योगदान गरेको महरले उल्लेख गरेका छन्।

‘साथै आजैको दिनको सन्दर्भ पारेर शोकलाई शक्तिमा बदल्ने अठोटका साथ तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो बर्षगाँठ र यही सन्दर्भ पारी अनेरास्ववियूको एकता सम्पन्न भएको प्रथम वर्षगाँठको उपलक्ष्यमा सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, नेकपाका नेता कार्यकर्ता तथा शुभेच्छुक समर्थक र सम्पूर्ण विद्यार्थी साथीहरूका साथै अनेरास्ववियूका सबै नेता कार्यकर्ता साथीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु,’ संयोजक महरले भने।

हेर्नुहाेस्: सहकारी आन्दोलनमा बिपी कोइराला र मदन भण्डारीको योगदान के थियो?

प्रकाशित : ३ जेष्ठ २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल