Logo

राजनीति

‘कोरोना प्रकोपलाई अवसरमा बदल्दै नेकपा सरकारले राष्ट्रलाई नवीन युगमा प्रवेश गराउने छ’



काठमाडौँ, १ जेठ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता महेश बर्तौलाले कोरोना महामारीको विश्वव्यापी प्रकोपलाई अवसरमा बदल्नुपर्ने बताएका छन्।

अनेरास्ववियूका केन्द्रीय नेता समेत रहेका बर्तौलाले नवीन सोचका साथ अघि बढ्दै नेकपा सरकारले राष्ट्रलाई नयाँ युगमा प्रवेश गराउने बताएका हुन्।

‘जटिल राजनीतिक संकट छिचोलेर अब समृद्धिको नयाँ अभियान प्रारम्भ गर्नेतर्फ देश प्रवेश गरेको छ,’ बर्तौलाले भने, ‘समृद्धि र विकासको बाटोमा नेकपा सरकारले राष्ट्रलाई अघि बढाउने जनताको विश्वास पूरा हुनेछ।’

वामपक्षीय घोषणापत्रमा उल्लेख भएका दुरगामी कार्यक्रमका आधारमा केपी ओली नेतृत्वको वर्तमान सरकार अघि बढिरहेको उल्लेख गर्दै बर्तौलाले राष्ट्र निर्माणको महान् अभियानमा एकताबद्ध हुन सम्पूर्ण विद्यार्थीलाई आह्वान गरे।

अनेरास्ववियू स्थापना दिवसका सन्दर्भमा पूर्वउपाध्यक्ष बर्तौलाले विद्यार्थी आन्दोलनलाई अब निर्माणको आन्दोलनमा रूपान्तरण गर्नुपर्ने बताए।

‘राजनीतिक आन्दोलन सधैँ जारी रहन्छ, यो नदीजस्तै अविरल बन्छ, साथै अब आर्थिक रुपान्तरणको अभियानलाई पनि विद्यार्थी र युवाहरू अघि बढाउनुपर्छ,’ उनले भने।

नेपालमा कम्युनिस्ट आन्दोलन र रुपान्तरणकारी संघर्षमा सधैँ अनेरास्ववियूको साथ रहेको उल्लेख गर्दै युवा नेता बर्तौलाले समृद्धि र विकासको यात्रामा पनि युवा र विद्यार्थीको साथ हुने प्रष्ट पारेका छन्।

हेर्नुहाेस्: सहकारी आन्दोलनमा बिपी कोइराला र मदन भण्डारीको योगदान के थियो?

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल