Logo

शिक्षा

‘पोखरा विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गरी नयाँ ढंगले शैक्षिक कार्यक्रम अघि बढाइयोस्’



काठमाडौँ, ३१ वैशाख – नेपाल विद्यार्थी संघ एभरेस्ट इन्जिनियरिङ कलेज इकाई समितिले पोखरा विश्वविद्यालयका शैक्षिक कार्यक्रमका विषयमा सरकारलाई ध्यानाकर्षण गराएका छ।

इकाई समिति अध्यक्ष मनोज ओलीले बुधबार विज्ञप्ति जारी गरी लामो समयदेखि रिक्त रहेका पदाधिकारी नियुक्ति गर्न पनि माग गरेका हुन्।

विश्वव्यापी महामारीबाट उत्पन्न परिस्थितिलाई सामना गर्दै शैक्षिक कार्यक्रमअघि बढाउन अध्यक्ष ओलीले माग गरेका छन्।

अरू विश्वविद्यालयहरूमा विभिन्न शैक्षिक कार्यक्रम तय गरिरहेको भए पनि पोखरा विश्वविद्यालय अन्तरका कलेजका विद्यार्थीहरू यसबारे बेखबर रहेको उनले उल्लेख गरेका छन्।

रोकिएका परीक्षा र शैक्षिक कार्यक्रमबारे गम्भीर छलफल गरी विद्यार्थीहरूमा रहेको अन्यौल चिर्न र भविश्य सुनिश्चिताका लागि यथाशीघ्र पहल गर्न ओलीले माग गरेका छन्।

अध्यक्ष ओलीले योग्य र सक्षम व्यक्तिलाई पोखरा विश्वविद्यालय उपकुलपति तथा रजिस्ट्रार नियुक्तिका लागि सहउपकुलपति एवं शिक्षामन्त्री तथा कुलपति तथा प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन्।

पोखरा विश्वविद्यालय विगत लामो समयदेखि अस्थिरता र अनिश्चितताबाट गुज्रिरहेको र तीन महिने कार्यकालको जिम्मेवारी पाएका उपकुलपतिको समयावधि सकिएको विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहाेस्: सहकारी आन्दोलनमा बिपी कोइराला र मदन भण्डारीको योगदान के थियो?

विद्यार्थीकाे भविष्य अन्याैल नहाेस्: नेवि संघ

साथै विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिनहरू, परीक्षा नियन्त्रक लगायतका महत्त्वपूर्ण पदहरू रिक्त रहेको पनि ओलीले बताएका छन्।

नेतृत्वविहीन विश्वविद्यालयको अवस्थाले हजारौं विद्यार्थीहरूको भविष्य नै अनिश्चित हुने अध्यक्ष ओलीले बताएका छन्। ‘त्यसैले विद्यार्थीकाे भविष्य अन्याैल नहाेस्, हाम्राे चाहना यही हाे ,’ उनले भने।

विश्वव्यापी महामारी कोरोना भाइरसका कारण सिर्जित लकडाउनले तोकिएका परिक्षा तथा शैक्षिक कार्यक्रम अनिश्चितकालका स्थगित भएकाले विद्यार्थीहरूमा मानसिक दबाब बढिरहेको उनको भनाइ छ।

‘यस विषयमा विद्यार्थी लागि रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने विश्वविद्यालय नै थला परेको छ,’ अध्यक्ष ओलीले भने, ‘त्यसैले नयाँ शैक्षिक कार्यक्रम बनाउन र पदाधिकारी नियुक्त गरी विश्वविद्यालयको समग्र सुधारका पहल थाल्न माग गर्दछु।’

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल