Logo

आर्थिक

परम्परागत शैलीकै कर्मकाण्डी बजेट आए महामारीविरुद्ध लड्न सकिँदैनः कांग्रेस नेतृ संग्रौला



काठमाडौं, २८ वैशाख – नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. डिला पन्त संग्रौलाले विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणको लडाइँमा नयाँ ढंगले जानुपर्नेमा जोड दिएकी छिन्।

संसदको प्रिबजेट छलफलमा नेतृ संग्रौलाले सांसद विकास कोषको रकम कोरोना कोषमा जम्मा गरेर महामारी रोकथाममा खर्च गर्न आह्वान गरेकी हुन्।

‘अहिलेको प्राथमिकता भनेको नागरिकको जीवन रक्षा हो, मान्छेले बाँच्न पाउनुपर्छ, खान पाउनुपर्छ, आकष्मिक कोषको व्यवस्था गरौँ,’ संग्रौलाले भनिन्।

किसान, मजदुर, सुकुम्बासीलाई राहतको व्यवस्था गर्न उक्त कोषको सदुपयोग गर्नुपर्ने बताउँदै संग्रौलाले दोश्रो प्राथमिकतामा स्वास्थ्यक्षेत्रको स्तरोन्नति रहेको उल्लेख गरिन्।

‘स्वास्थ्य क्षेत्रमा विशेष बजेटको व्यवस्था गर्नुपर्छ, जसले दीर्घकालीन रूपमा स्वास्थ्यक्षेत्रको विकासमा योगदान पुग्छ,’ उनले भनिन्।

विदेशबाट नेपाल फर्किने श्रमिकलाई कृषिमा लगाउनका लागि बजेटले विशेष व्यवस्था गर्नुपर्नेमा उनको जोड छ।

पर्यटन क्षेत्रलाई उठाउनका लागि बजेटको व्यवस्था गर्न संग्रौलाले माग गरिन्। शिक्षा क्षेत्रको नवीनतम् परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै महिला हिंसाको अन्त्य गर्नका लागि पनि पर्याप्त कदम चाल्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।

संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली वामपक्षीय घोषणापत्र र १५औँ योजनालाई समेटेर ल्याइएको भनिए पनि सैद्धान्तिक कागजी घोडा र कर्मकाण्डी मात्रै भएको संग्रौलाको टिप्पणी थियो।

बजेट परम्परागतकै शैलीको आएमा कोरोना भाइरसको महामारीलाई समाधान गर्न नसक्ने धारणा नेतृ संग्रौलाले राखेकी छिन्। साधारण खर्च कटौती गरेर बजेट ल्याउन पनि उनको माग छ।

हेर्नुहाेस्: सहकारी आन्दोलनमा बिपी कोइराला र मदन भण्डारीको योगदान के थियो?

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल