Logo

राजनीति

प्रधानमन्त्रीलाई अध्यक्ष लिङदेनको प्रश्न, ‘भारत र खाडीमा अलपत्र नेपालीको उद्दार कहिले गर्ने?’



काठमाडौँ, २४ वैशाख – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराकले भारत, मलेशिया र खाडी मुलुकमा अलपत्र परेका नागरिकको उद्दारमा ढिलाई नगर्न सरकारसँग आग्रह गरेका छन्।

अध्यक्ष लिङदेनले भारतमा रहेका विद्यार्थी, मजदुर र तीर्थयात्रीको तत्काल उद्दार गरी नेपाल फर्काएर क्वारेन्टाइनमा राख्न माग गरेका हुन्।

‘तीर्थयात्रामा गएका र मजदुरी गर्न गएका नागरिकहरू बाटोमै अलपत्र परेको जानकारी आएको छ, दिल्ली, बेङ्लोरसहितका शहरमा विद्यार्थी अलपत्र परेको खबर आइरहेको छ,’ लिङदेनले भने, ‘नेपाल फर्किन चाहनेलाई तत्काल फिर्ता गरियोस्।’

दिल्ली, गाजियावाद लगायतका क्षेत्रमा अलपत्र रहेका नेपालीलाई राहत वितरण गर्न र अन्य क्षेत्रमा रहेकाहरूलाई राहत वितरण गर्न उनले माग गरेका छन्।

‘दिल्लीमा राजदूताबास छ, दूताबासको काम के हो? अलपत्र परेका नागरिकको व्यवस्थापन गर्न सक्दैन भने कूटनीतिक निकायका रूपमा बस्नुको अर्थ के हुन्छ?,’ लिङदेनको प्रश्न छ।

भारतसँगै मलेशिया र खाडी मुलुकमा श्रम गर्न गएका नेपालीहरूको अवस्थाबारे जानकारी दिन र उद्दार गर्नुपर्ने अवस्थामा तत्कालै फिर्ता गर्न उनले माग गरेको छन्।

प्रधानमन्त्री केपी ओली सीमित व्यक्तिहरूको घेराबन्दीमा परेको टिप्पणी गर्दै अध्यक्ष लिङदेनले नागरिकको दायित्व स्मरण गर्न आग्रह गरेका छन्।

‘प्रधानमन्त्रीलाई मेरो प्रश्न छ, भारत र खाडीमा अलपत्र नेपालीको उद्दार कहिले गर्ने? कि प्रधानमन्त्रीले सीमित समूहको कुरा सुन्ने र अरू नागरिकलाई गाली गर्ने मात्रै हो?,’ अध्यक्ष लिङदेनको प्रश्न छ।

प्रधानमन्त्रीलाई उदारता देखाउन आग्रह गर्दै लिङदेनले राहत वितरण प्रभावकारी र समावेशी बनाउन ध्यानाकर्षण गराएका छन्।

‘राहत वितरणमा जुट्न आह्वान गरेमा देशका हजारौँ युवा तयार छन्, संकटका बेला राज्यलाई सहयोग गर्नुपर्छ भन्ने ज्ञान सबैमा छ, तर आफ्ना कार्यकर्तालाई मात्रै संरक्षण गर्ने र अरूलाई चोट पुर्‍याउने काम राज्यबाट हुनुहुँदैन,’ अध्यक्ष लिङदेनले भने।

याे पनि हेर्नुहाेस्: पूर्वप्रहरी प्रमुखबारे रमेश खरेलकाे विशेष खुलासा

प्रकाशित : २३ बैशाख २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल