Logo

राजनीति

प्रधानमन्त्रीज्यू, जनता भोकभोकै छन्, ८० करोडको राहत कहाँ बाँडियो?: भुपेन्द्रजङ्ग शाही



काठमाडौँ, २२ वैशाख – नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरूण दलका महासचिव भुपेन्द्रजङ्ग शाहीले सरकारले राहत वितरण कार्य प्रभावकारी बनाउन नसकेको बताएका छन्।

युवा नेता शाहीले राहत वितरण प्रभावकारी बनाउनका लागि नेपाल तरूण दलले सरकारलाई सहयोग गर्ने प्रस्ताव पनि प्रधानमन्त्री केपी ओलीसमक्ष गरेका छन्।

‘सरकारले सहयोग मागेमा हामी छौँ, राहत संकलन, वितरण र नागरिक तहमा पुर्‍याउने कार्यमा हामी सहयोग गर्छौं,’ उनले भने, ‘त्यसका लागि प्रधानमन्त्रीज्यूले खुला दिलले आह्वान गर्नुपर्छ।’

सरकारले ८० करोड रूपैयाँको राहत वितरण गरिसकेको बताए पनि कयौँ श्रमिक, मजदुर र न्यूनआय भएका नागरिक खाद्यान्न अभाव झेल्न बाध्य भएको बताए।

‘प्रधानमन्त्रीज्यू, जनता भोकभोकै छन्, ८० करोडको राहत कहाँ बाँडियो?, प्रभावकारी राहत वितरण गर्नुपर्छ, बरू प्रधानमन्त्रीले भन्नुपर्‍यो, कार्यक्रम ल्याउनुपर्‍यो, यो संकटमा सहयोग गर्ने दायित्व हाम्रो पनि हो,’ उनले भने।

युवा नेता शाहीले विभिन्न चरणमा राहत वितरण गरेका छन्। काठमाडौँमा रहेका कर्णालीका नागरिक तथा देशका विभिन्‍न क्षेत्रका श्रमिकहरूलाई राहत वितरण गरेका शाहीले विभिन्न संघसंस्थाको समन्वयमा राहत वितरण गर्न पनि सरकारसँग आग्रह गरेका छन्।

यो पनि हेर्नुहोस्:

सहकारी क्षेत्रमा बिपी कोइराला र मदन भण्डारी योगदान के थियो?

प्रकाशित : २२ बैशाख २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल