Logo

राजनीति

ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश, अधिवक्ता अर्याल भन्छन्, ‘सत्यको जीत भयो’



काठमाडौँ, १६ वैशाख – सर्वोच्च अदालतले ‘हाम्रो नेपाल हामी नेपाली अभियान’का अभियन्ता ज्ञानबहादुर शाही अर्थात् ज्ञानेन्द्र शाहीलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ।

मानवअधिकारवादी तथा अधिवक्ता इन्द्रप्रसाद अर्यालले गत शुक्रबार दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा मंलगबार भएको सुनुवाइपछि अभियन्ता शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हो।

सर्वोच्च अदालतका न्यायाधीश पुरूषोत्तम भण्डारी र मनोजकुमार शर्माको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिट दायर गर्दै शाहीलाई थुनामुक्त गर्न आदेश दिएको छ।

‘निवेदकहरूलाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहबरमा आजै थुनाबाट मुक्त गरिदिनु भनी सर्वोच्च अदालत नियमावली २०७४ नियम ३७ अनुसार बन्दीप्रत्यक्षीकरणको रीट जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ।

याे पनि हेर्नुहाेस्: पूर्वप्रहरी प्रमुखबारे रमेश खरेलकाे विशेष खुलासा

यसअघि, आइतबार भएको सुनुवाइपछि सर्वोच्च अदालतले २४ घण्टाभित्र अभियन्ता शाहीलाई पक्राउ गर्नुको कारणसहित उपस्थित विपक्षीका नाममा आदेश जारी गरेको थियो।

जिल्ला प्रशासन कार्यालय ललितपुर, महानगरीय प्रहरी परिसर जाउलाखेल र महानगरीय प्रहरी वृत्त चापागाउँ विपक्षी बनाएर अर्यालले रिट दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उक्त आदेश जारी गरेको थियो।

अभियन्ता शाहीको तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, बोर्णबहादुर कार्की र नारायण घिमिरेले बहस गरेका थियो।

त्यसैगरी, अधिवक्ताहरू कल्याण पोखरेल, पंकजकुमार कर्ण, दिवसप्रसाद खड्गी, विष्णु लुइँटेल, सन्तोष भण्डारी र लक्ष्मी (नानी) थापाले पनि अभियन्ता शाहीको पक्षमा बहस गरेका थिए।

विपक्षी नेपाल सरकारको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मी तथा उपन्यायाधिवक्ता ज्ञानप्रसाद भुसालले बहस गरेका थिए। अभियन्ता शाहीलाई वैशाख ९ गते राहत वितरणकै क्रममा प्रहरीले पक्राउ गरेको थियो।

यसैबीच, शाहीको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको अधिवक्ता इन्द्रप्रसाद अर्यालले न्यायालयबाट भएको आदेशको सम्मान गर्ने बताएका छन्।

‘सम्मानित सर्वोच्च अदालतबाट अभियन्ता शाहीलाई थुनामुक्त गर्नका लागि भएको आदेशको सम्मान गर्दछु,’ अर्यालले भने, ‘सत्यको जीत अवश्य हुन्छ, र न्यायालयबाट पनि त्यही भएको छ।’

याे पनि हेर्नुहाेस्: महामारीपछि कसरी जाेगिन्छ नेपालकाे अर्थतन्त्र?

https://www.youtube.com/watch?v=YsypUgzV0a0

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल