Logo

आर्थिक

साना किसानको अगुवाईमा काठमाडौँमा तरकारी बिक्री शुरू, मूल्य तीन गुणा सस्तो



काठमाडौँ, १० वैशाख – धादिङ, नवलपरासी र मकवानपुरका किसानहरूले आफूले उत्पादन गरेका तरकारीहरु सस्तो मूल्यमा काठमाडौँको बजारमा बिक्री वितरण सुरु गरेका छन्।

यसरी किसानले सोझै बिक्री गरिएका तरकारीहरू सामान्य बजार मूल्यभन्दा तीन गुणा कम मूल्यमा पाइरहेका छन्। लकडाउनका बेला पनि उपभोक्तालाई सहजै तरकारी उपलब्ध गराउन किसान आफैँ अघि सरेका हुन्।

विगत ४ दिनदेखि संघले काठमाडौँको कलङ्की, स्वयम्भु, बसुन्धरा, चावहिलको गोपीकृष्ण चोकलाई बिक्री केन्द्र बनाइ बिहान ५ देखि ८ बजेसम्म उपभोक्तालाई सस्तो मूल्यको तरकारी उपलब्ध गराइरहेका छन्।

काउली, मटरकोसा, लौका, बन्दाकोबी, मुला, भेँडे खोर्सानी आदि तरबारी २० देखि ५० रूपैयाँप्रति किलोका दरले बिक्री गर्न थालेका हुन्।

साना किसान कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष खेम पाठक, स्वयं फिल्डमा उपस्थिति भइ बिक्री वितरणको व्यवस्था मिलाइरहेका छन्। पाठक साना किसान बैङ्कका अध्यक्ष तथा राष्ट्रिय सहकारी संघ केन्द्रीय सदस्य पनि हुन्।

हाे पनि हेर्नुहाेस्: पूर्वप्रहरी प्रमुखबारे रमेश खरेल

वैशाख ११ गते बुधबारदेखि काठमाडौँको बुढानिलकण्ठ नगरपालिका १२ को कपनमा थप तरकारी बिक्री केन्द्र सञ्चालन गरिने अध्यक्ष पाठकले बताए।

वडा नम्बर १२ का अध्यक्ष शम्भु भट्टराईसँग समन्वय गरी उनको सहयोगमा कपनको राधाकृष्ण चोकबाट बिहान ५ देखि ८ बजेसम्म तरबारी बिक्री गरिने पाठकले बताए।

यस कार्यमा वडा अध्यक्ष भट्टराईसहित टोल सुधार समितिका अध्यक्ष रत्न उप्रेतीले समेत सक्रिय सहयोग गरिरहेको पाठकले बताएका छन्।

याे पनि हेर्नुहाेस्: काठमाडौँमै श्रमिक र मजदुरको विजोक

https://www.youtube.com/watch?v=ascriEgIn7o&t=37s

यस सम्बन्धका एशिया सञ्चारले राखेको जिज्ञासामा वडा अध्यक्ष भट्टराईले विभिन्न जिल्लाका किसानले उत्पादन गरेको तरकारी बिक्री वितरणका लागि वडाका तीन स्थान तोकिएको र सोही स्थानबाट बिक्री वितरण गरिने बताए।

‘११ गतेदेखि राधाकृष्ण चोकबाट तरकारी बिक्री सुरू गरिने छ र क्रमशः सानाकिसानलाई वडाका अध्यक्ष स्थान समेत बिक्री केन्द्र राख्ने व्यवस्था मिलाइने छ,’ भट्टराईले भने।

यसै क्रममा रिटर्नी माइग्रेन्ट नेपालले समेत चावहिलको गोपीकृष्णमा तरकारी बिक्री वितरण शुरू गरेको छ। संस्थाका गण्डकी क्षेत्रका अध्यक्ष नेत्रनारायण थनेटका अनुसार अहिले नवलपरासीको सुस्तापूर्वका किसानहरूबाट तरकारीहरू ल्याइएको छ।

रिर्टनी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीका अनुसार किसानले ल्याएका तरकारीहरूको बजार व्यवस्थापनको जिम्मा संस्थाले गरिरहेको छ।

साना किसान कृषि सहकारी संघका अध्यक्ष खेम पाठकका अनुसार क्रमैसँग काठमाडौँको सबै मुख्य स्थानका सोझै किसानबाट तरकारी बिक्रीको व्यवस्था मिलाइने छ।

प्रकाशित : १० बैशाख २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल