Logo

विचार

संत्रास र कहरका बीच उदाएको नयाँ वर्ष!



  • भविन धिताल

आज हामी नेपालीमाझ नयाँँ बर्ष २०७७ आएको छ। नयाँँ साल एक नयाँँ उमङ्ग भएर आउने गर्थ्यो। नयाँँ साल एक नयाँ रहर भएर आउने गर्थ्यो। तर आज समय अर्कै भएको छ। मनमा रहर पनि छ। र, त्यति नै मात्रामा कहर र संत्रास पनि। विश्व नै मरणीय अवस्थाबाट गुज्रेको यो समय इतिहासमा अति नै अविस्मरणीय रहने छ। केही महिनाअघि अर्थात् सन् २०१९ को अन्त्यमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले अहिले विश्वव्यापी महामारीको रुप लिएको छ। के विकसित के अविकसित सबै राष्ट्र र जनता यो महामारीबाट पीडित छन्, त्रसित छन्।

भाइरसको जोखिमका बीचमा चीनमा पनि यस्तै नयाँ वर्षको सुरुवात हुँदै थियो। मानिसहरु खुशी थिए होलान्। परिवार भेटघाटको लागि लालायीत थिए होलान्। तर, रहरका बीच कहर बनेर कोरोना आयो। मनका रहर र भावनाहरु एकाएक एउटा अदृश्य भाइरसले कुल्चिदियो। सुक्ष्म मनबाट पैदा हुने रहर भन्दा सुक्ष्म भाइरस शक्तिशाली सावित भयो। एक कान दुई कान मैदान हुँदै संसारभर फैलिने खबर जस्तै एक व्यक्ति, दुई व्यक्ति हुँदै कोरोना भाइरस संसारभर फैलियो। विकसित कहलिएका युरोप, अमेरिका लगायतका राष्ट्रमा यसको असर तीव्र रुपमा देखिन थाल्यो। दिनहुँ हजारौंको संख्यामा मानिसहरु संक्रमित हुन थाले। अहिले आएर अमेरिका जस्तो विकसित राष्ट्रमा पनि स्थिति कहालीलाग्दो छ। दिनहुँ हजारौंको संख्यामा मानिसहरुले ज्यान गुमाइरहेका छन्। बिरामीको उपचारका लागि चाहिने अत्यावस्यक सामग्रीको अभाव छ। डाक्टर, नर्सलाई चाहिने अत्यावश्यक मास्क, व्यक्तिगत सुरक्षाका लागि चाहिने कपडाहरुको अभाव छ। त्यस्तैगरी सघनकक्षमा भेन्टिलेटरको अभाव छ। मानिसहरु घरभित्र बस्न बाध्य छन्। सबै स्कूल अनि विश्वविद्यालयहरु बन्द छन्। हो, अनिश्चित समयको लागि बन्द छन्।

विकसित कहलिएका युरोप, अमेरिका लगायतका राष्ट्रमा यसको असर तीव्र रुपमा देखिन थाल्यो। दिनहुँ हजारौंको संख्यामा मानिसहरु संक्रमित हुन थाले। अहिले आएर अमेरिका जस्तो विकसित राष्ट्रमा पनि स्थिति छ।

वसन्त ऋतुको आगमनसँगै घर वरपर फूल फुलेका छन्, मञ्जरीहरु पलाएका छन्। हाम्रो देशमा नयाँँ वर्ष आएको छ। प्रकृति स्वयंमा रहर आएको छ। तर, आज हामी परिस्थितिको विलखबन्दमा छौँ। यस्तो विलखबन्द जहाँ हामी घरभित्र छौँ। जीवनका लागि, जीवनको रक्षाका लागि। आफ्ना आफन्त र साथीभाइ भेट्न सक्दैनौँ। मानिसको जीवन बाँच्न र बचाउन स्वयं मानिस नै चाहिन्छ। त्यसैले आज हामी आफ्नो साथीभाइ बचाउन साथीभाइलाई भेटेका छैनौँ। रहरका बीच कहर तगारो बनेर उभिएको छ। नयाँँ वर्ष आएको छ। तर स्कूल, बजार सबै बन्द छन्। मानिसहरु घरभित्रै बन्द छन्। रहर त हुँदो हो साथीभाइ भेट्ने, शुभकामना आदानप्रदान गर्ने। तर, परिस्थितिले जीवन असामान्य बनाइदिएको छ। डर र त्रासका बीचमा बाँच्नु परेको छ।

सामाजिक सञ्जालमा जीवन ठूलो कि स्वतन्त्रता? भन्ने प्रश्न पनि उठेका छन्। हरेक जीवनका लागि स्वतन्त्रता चाहिन्छ। स्वतन्त्रता लगायत हरेक विषयवस्तुहरु मानब जीवनसँग सम्बन्धित छन्। हरेक जीवनको स्वतन्त्रता जीवन स्वयंको जीविततामा निर्भर छ। निर्जीव संसारमा स्वतन्त्रताको कुरा उठ्दैन।

हाम्रो देश नेपालमा पनि केही मानिसहरु संक्रमित छन्। संक्रमित संख्या कम भएपनि यसले निम्त्याउन सक्ने जोखिमलाई दृष्टिगत गर्दै सरकारले सबै जनतालाई घरभित्रै बस्न आदेश जारी गरेको छ। सामाजिक सञ्जालमा जीवन ठूलो कि स्वतन्त्रता? भन्ने प्रश्न पनि उठेका छन्। हरेक जीवनका लागि स्वतन्त्रता चाहिन्छ। स्वतन्त्रता लगायत हरेक विषयवस्तुहरु मानब जीवनसँग सम्बन्धित छन्। हरेक जीवनको स्वतन्त्रता जीवन स्वयंको जीविततामा निर्भर छ। निर्जीव संसारमा स्वतन्त्रताको कुरा उठ्दैन।

हाम्रो जस्तो देशमा हामीले बेलैमा सावधानी अपनाउन नसके ठूलो मूल्य चुकाउन पर्ने हुन सक्छ। हामीसँग पर्याप्त मात्रामा अस्पतालहरु छैनन्। भएका अस्पतालहरुमा पर्याप्त मात्रामा जोखिमका बेलामा प्रयोगमा आउने उपकरणहरु छैनन्। इटाली, स्पेन लगायतका अन्य विकसित राष्ट्रहरुलाई हम्मे–हम्मे बनाएको यो कोरोना भाइरस यदि नेपालमा फैलियो भने त्यसको परिणाम हामी कल्पना गर्न सक्दैनौं। हामीले गर्न सक्ने भनेको सावधानीका उपायहरु अपनाउनु नै हो।

मन रहे माया प्रिती हुन्छ जीवन रहे सम्भावना। यो विषम् परिस्थितिको हामी सबै मिलेर जुध्नुपर्छ। असहज परिस्थितिमा असजिलोमा परेका छिमेकीलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो। सावधानी अपनाउँदै आफ्नो सुरक्षा र अरुको सहयोग अहिलेको अपरिहार्य आवश्यकता हो। हामी बाच्यौँ भने अर्को साल फेरि वसन्त ऋतु आउने छ। र, नयाँँ पालुवा पलाउने छन्। सबै चिज परिवर्तनशील छन्। हामी पनि परिवर्तन हुन जरुरी छ। कहरको डरमा रहरलाई मारेर टाडैबाट शुभकामना बाडौँ, सहयोग बाडौँ।

नयाँँ वर्ष २०७७ सालको सबैमा शुभकामना। मंगल् होस्।

प्रकाशित : ३० चैत्र २०७६, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल