Logo

शिक्षा

कोरोना कहरः सरस्वती बहुमुखी क्याम्पसले शुरू गर्‍यो अनलाइन कक्षा



काठमाडौं, २८ चैत – सरस्वती बहुमुखी क्याम्पसले अनलाइन माध्यमबाट कक्षा सञ्चालन आरम्भ गरेको छ। नोबेल कोरोना भाइरस (कोभिड–१९) को भयावह स्थिति र देशमा जारी लकडाउनलाई दृष्टिगत गर्दै त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस सरस्वती क्याम्पसले अनलाइन कक्षा शुरू गरेको हो।

स्नातकोत्तर तहका कार्यक्रमहरु एमबीएम, समाजशास्त्र, अर्थशास्त्र, अङ्ग्रेजी, नेपाली विषयका पठनपाठन अनलाइन प्रविधिबाट शुरू गरिएको क्याम्पस प्रमुख डा. गोलमान गुरुङले बताए।

जूम क्लाउड एप प्रविधिबाट कक्षा सञ्चालन हुँदा प्राध्यापक तथा विद्यार्थीहरु अत्यन्तै उत्साहित भएका छन्। एमबीएमको कक्षा बिहान तथा स्नातकोत्तर तहका अन्य कक्षाहरु सन्ध्याकालीन समयमा सञ्चालन हुने डा. गुरुङले बताएश्र

यसैबीच, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले कोभिड–१९ बाट सिर्जित परिस्थितिबाट पठनपाठन स्थगित भएको बताउँदै डीन र विभागीय प्रमुखहरूको समन्वय तथा शिक्षक र विद्यार्थीहरूको सहमतिमा सम्भव भएसम्म तुरुन्तै वैकल्पिक शिक्षण विधि अनलाइनबाट शुरु गर्न अनुरोध गरेका छन्।

अनलाइन माध्यमबाट पठनपाठन गर्दा आवश्यक पर्ने पूर्वाधार विकास, प्राध्यापकहरूलाई चाहिने अभिमुखीकरण तालिम, सहज तथा द्रुत इन्टरनेट उपलब्ध गराउनका लागि विश्वविद्यालयले स्रोतको खोजी गरिरहेको उपकुलपति बाँस्कोटाले बताए।

त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमबाट पठनपाठन गर्न आवश्यक पर्ने नीतिगत निर्णयका लागि प्रक्रियागत रुपमा अगाडि बढाइसकेको छ।

अनलाइन माध्यमबाट पठनपाठन गर्न असम्भव भएका वा पूर्वाधार नपुगेका वा प्रयोगात्मक कक्षाहरू पठनपाठन शुरु हुने बित्तिकै अतिरिक्त कक्षा सञ्चालन गरी पूर्णता दिने तथा स्थगन गरिएका परीक्षाहरू लकडाउनको अन्त्यपछि सहज वातावरण सिर्जना भएपछि क्रमशः नयाँ परीक्षा तालिका बनाई सञ्चालन गर्ने उपकुलपति बाँस्कोटाको अपीलमा उल्लेख छ।

प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल