Logo

राजनीति

कांग्रेस वरिष्ठ नेता पौडेलले गरे विज्ञहरूसँग छलफल, डा. स्वर्णीम वाग्लेले दिए यस्तो सुझाव



काठमाडौँ, २७ चैत – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछिको अर्थतन्त्रमा सुधारका लागि विज्ञहरुसँग छलफल गरेका छन्। नेता पौडेलले भिडियो कन्फ्रेन्समार्फत बिहीबार विज्ञहरुसँग छलफल गरेका हुन्।

छलफलमा योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. गोविन्द पोखरेल, डा. स्वर्णीम वाग्ले, प्रा.डा. इन्जिनियर कमल रिजाल, डा. सुरज पोखरेल, डा. सिद्धिगणेश श्रेष्ठ, डा. माधवप्रसाद पौडेल, डा. प्रधुम्नराज पाण्डे, सहदेवप्रसाद हुमागाई सहभागी थिए।

उनीहरुले अर्थतन्त्र उकास्नका लागि कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने बताएका थिए। छलफल कृषि उत्पादन, कृषि मजदुर, कृषि उपज र त्यसको ढुवानीका विषयमा केन्द्रीत भएको थियो।

विज्ञहरुले कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्नका लागि भूमि बैंकको व्यवस्था, सहकारीको सक्रियतामा बृद्धि गर्नुपर्ने बताएका थिए।

छलफलमा सहभागी डा. स्वर्णीम वाग्लेले कृषि क्षेत्रलाई राहत दिनुपर्ने कृषि क्षेत्रले दिनसक्ने आउटपुटका आधारमा विषेश प्याकेजको घोषणा गर्नुपर्ने बताएका थिए।

छलफलमा वरिष्ठ नेता पौडेलले आजको युग अनुसारको प्रविधिको प्रयोग कृषिमा कसरी गर्न सकिन्छ भन्ने सुझाव विज्ञहरु मागेका थिए।

प्रकाशित : २७ चैत्र २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल